मृत्युको समयमा मानिसहरू अन्तिम शब्द के बोल्छन् ?

एजेन्सी । साधारणतया मानिन्छ कि मृत्युभन्दा केही समय अघि धेरैजसो  को बोल्ने क्षमता हराउँछ । यदि कसैले बोल्ने प्रयास गरे पनि उनीहरू स्पष्ट रूपमा शब्द उच्चारण गर्न सक्दैनन् । प्रायः एक–दुई शब्द बोलेपछि चेतना हराउँछ । अमेरिकी पत्रिका अटलान्टिकमा प्रकाशित एक अध्ययनले यस विषयमा महत्त्वपूर्ण जानकारी प्रस्तुत गरेको छ । अध्ययनअनुसार मृत्युको समयमा धेरैजसो व्यक्तिहरू […]

Oct 23, 2024 - 13:07
 0
मृत्युको समयमा मानिसहरू अन्तिम शब्द के बोल्छन् ?

एजेन्सी । साधारणतया मानिन्छ कि मृत्युभन्दा केही समय अघि धेरैजसो  को बोल्ने क्षमता हराउँछ । यदि कसैले बोल्ने प्रयास गरे पनि उनीहरू स्पष्ट रूपमा शब्द उच्चारण गर्न सक्दैनन् । प्रायः एक–दुई शब्द बोलेपछि चेतना हराउँछ ।

अमेरिकी पत्रिका अटलान्टिकमा प्रकाशित एक अध्ययनले यस विषयमा महत्त्वपूर्ण जानकारी प्रस्तुत गरेको छ । अध्ययनअनुसार मृत्युको समयमा धेरैजसो व्यक्तिहरू बोल्न सक्दैनन् किनभने शरीरले काम गर्न छोडिसकेको हुन्छ । फोक्सोले काम गर्न छोड्दा केवल बरबराउन र एक–दुई शब्द मात्र बोल्न सक्छन् ।

मृत्युको समयमा व्यक्तिले प्रायः आफ्नो श्रीमान्/श्रीमती वा बच्चाहरूको नाम लिने प्रयास गर्छन् । डा. रेमन्ड मूडी जुनियरको पुस्तक लाइफ आफ्टर लाइफअनुसार मृत्यु नजिक पुगेका व्यक्तिले प्रायः अस्पष्ट र रहस्यमय कुराहरू बोल्छन् । जस्तै-  मलाई त्यहाँ जानु छ, जीवन समाप्त हुँदैछ, जस्ता वाक्यहरू ।

विशेष गरी डिमेन्सिया वा अल्जाइमर रोग लागेका व्यक्तिहरू शान्तिपूर्वक मृत्युवरण गर्छन्, किनभने उनीहरूको बोल्ने क्षमता वर्षौं अघि नै हराइसकेको हुन्छ ।

यद्यपि मृत्युको समयमा प्रयोग गरिने भाषा वा शब्द सजिलै बुझ्न गाह्रो हुन्छ । तर, अस्पतालमा लामो बिरामीपछि मृत्यु हुने व्यक्तिहरूको अन्तिम शब्दहरू रेकर्ड गर्न सम्भव भएपनि ती शब्दहरू बुझ्न चुनौतीपूर्ण हुन्छ ।

कोही व्यक्तिको मृत्युको समयमा वैज्ञानिक अध्ययनको लागि नजिक रहन कठिन हुने हुँदा यस क्षेत्रमा थप अनुसन्धान आवश्यक छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register