पूर्व मुमा बडामहारानी रत्न अस्वस्थ, मध्यरात पुर्‍याइयो अस्पताल

९६ वर्षीय उनको छातीमा समेत सङ्क्रमण देखिए पनि अवस्था सामान्य रहेको जनाइएको छ ।

Nov 4, 2024 - 06:15
 0
पूर्व मुमा बडामहारानी रत्न अस्वस्थ, मध्यरात पुर्‍याइयो अस्पताल

काठमाडौं । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनको उपचार जारी छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई राति नै अस्पताल लगिएको थियो ।

९६ वर्षीय उनको छातीमा समेत सङ्क्रमण देखिए पनि अवस्था सामान्य रहेको जनाइएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणि पाठकले भने, ‘उनको घाँटीमा कफ जम्नेलगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । केही दिन अस्पताल राखिने छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register