ब्रिक्स नेताहरूले पुटिनलाई युक्रेन युद्ध अन्त्य गर्न भन्नुपर्छ : इयु

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) ले बुधबार रुसमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सहभागी नेताहरूलाई राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा ‘तुरुन्त युद्ध अन्त्य गर्न’ भन्न आग्रह गरेको छ । पुटिनले चीन, भारत, टर्की र इरान लगायतका देशका २० जना विश्व नेता र संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसलाई रुसमा स्वागत गरिरहेका छन् । मध्य शहर कजानमा भएको यो […]

Oct 23, 2024 - 16:31
 0
ब्रिक्स नेताहरूले पुटिनलाई युक्रेन युद्ध अन्त्य गर्न भन्नुपर्छ : इयु

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) ले बुधबार रुसमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सहभागी नेताहरूलाई राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा ‘तुरुन्त युद्ध अन्त्य गर्न’ भन्न आग्रह गरेको छ ।

पुटिनले चीन, भारत, टर्की र इरान लगायतका देशका २० जना विश्व नेता र संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसलाई रुसमा स्वागत गरिरहेका छन् ।

मध्य शहर कजानमा भएको यो बैठक पुटिनले सन् २०२२ मा युक्रेनमा सेना पठाएदेखि रुसमा भएको सबैभन्दा ठूलो कूटनीतिक भेला हो र यसले मस्कोले पश्चिमी एक्ल्याउने प्रयासहरूलाई पार गरेको देखाउने लक्ष्य राखेको छ ।

“कजान शिखर सम्मेलनका सबै सहभागीहरूले यो अवसरको उपयोग पुटिनलाई फेरि एकपटक युक्रेनी जनताविरुद्धको युद्ध तुरुन्त अन्त्य गर्न आह्वान गर्न गर्नेछन् भन्ने हामी विश्वास गर्छौँ”, इयुका प्रवक्ता पिटर स्टानोले भने ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको गिरफ्तारी वारेन्टको सामना गरिरहेका पुटिनले शिखर सम्मेलनमा ‘बहुध्रुवीय विश्व व्यवस्था’ बन्दै गरेको बताए ।

पुटिनले युक्रेन द्वन्द्वमा मध्यस्थता गर्न ब्रिक्स नेताहरूको प्रस्तावलाई स्वागत गरेको र उनीहरूलाई मस्कोका सेनाहरू युद्धक्षेत्रमा अघि बढिरहेको जानकारी दिएको उनका प्रवक्ताले बताए ।

इयुका प्रवक्ता स्टानोले पत्रकार सम्मेलनमा भने कि सबै नेताहरू ‘जहाँ चाहन्छन् त्यहाँ यात्रा गर्न स्वतन्त्र छन्’ भने ।

यद्यपि उनले इयुमा प्रवेशको प्रयास रोकिएको भए पनि उम्मेदवारका रूपमा रहेको टर्कीलाई इयुको अवस्था ‘रुसलाई अन्तर्राष्ट्रिय रूपमा सकेसम्म अलगथलग’ रहेको स्मरण गराए । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register