काठमाडौँ महानगरमा जागिरको अवसर, कसरी दिने आवेदन ? 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूलो संख्यामा जागिर खुलाएको छ । महानगरले सेवा करारमा पदपूर्ति सम्बन्धी एक सूचना जारी गर्दै १ सय ८ जनाको लागि जागिर खुलाएको जानकारी दिएको हो ।  महानगरका अनुसार सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा सेवा करारमा कामकाज गर्न जनशक्ति आवश्यक भएकाले लोक सेवा आयोगबाट सिफारिस वा अन्यत्रबाट स्थायी प्रकृतिको कर्मचारी सरुवा भई नआएसम्म […]

Oct 24, 2024 - 05:13
 0
काठमाडौँ महानगरमा जागिरको अवसर, कसरी दिने आवेदन ? 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूलो संख्यामा जागिर खुलाएको छ । महानगरले सेवा करारमा पदपूर्ति सम्बन्धी एक सूचना जारी गर्दै १ सय ८ जनाको लागि जागिर खुलाएको जानकारी दिएको हो । 

महानगरका अनुसार सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा सेवा करारमा कामकाज गर्न जनशक्ति आवश्यक भएकाले लोक सेवा आयोगबाट सिफारिस वा अन्यत्रबाट स्थायी प्रकृतिको कर्मचारी सरुवा भई नआएसम्म चालु आर्थिक वर्षको असार मसान्तसम्मको लागि काम गर्न चाहनेबाट दरखास्त आह्वान गरिएको छ । 

महानगरले मेडिकल अधिकृत, ल्याब टेक्निसियन, फिजियोथेरापी असिस्टेन्ट, स्टाफ नर्स, फार्मेसी सहायक, रेडियोग्राफर, तथ्यांक सहायक र कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ । 

महानगरको उक्त जागिरमा इच्छुकले सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालय समयमा राजस्व तिरेको सक्कल रसिदको वा क्युआरबाट भुक्तानी गरेको स्टेटमेन्ट, शैक्षिक योग्यता र सम्बन्धित विषयको कार्य अनुभवसहित आवेदन दिन सक्नेछन् । आवेदनको फर्म्याट महानगरको वेबसाइटबाट लिन सकिनेछ । यस्तो छ महानगरको सूचनाः  kararsewa-paddpurti-sambandhi

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register