इलामका खोलामा करेन्ट र विस्फोटक पदार्थको प्रयोग बढ्दो

इलाम, २२ कात्तिक । इलामका ठूला खोलामा करेन्ट लगाएर र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्नेक्रम बढेको छ ।  जेनेरेटर र विष्फोटक पदार्थ (ग्रिनेड बम) समेत प्रयोग गरी माछा मार्दा मानिसको ज्यानसमेत जोखिममा पर्नेगरेको छ । जिल्लामा रहेका माइखोला, जोगमाई, देउमाई, पुवालगायत खोलामा करेन्ट लगाएर र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने गरिएको स्थानीयले बताएका [...] The post इलामका खोलामा करेन्ट र विस्फोटक पदार्थको प्रयोग बढ्दो appeared first on Jhapa Online.

Nov 7, 2024 - 04:28
 0
इलामका खोलामा करेन्ट र विस्फोटक पदार्थको प्रयोग बढ्दो

इलाम, २२ कात्तिक । इलामका ठूला खोलामा करेन्ट लगाएर र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्नेक्रम बढेको छ । 

जेनेरेटर र विष्फोटक पदार्थ (ग्रिनेड बम) समेत प्रयोग गरी माछा मार्दा मानिसको ज्यानसमेत जोखिममा पर्नेगरेको छ । जिल्लामा रहेका माइखोला, जोगमाई, देउमाई, पुवालगायत खोलामा करेन्ट लगाएर र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने गरिएको स्थानीयले बताएका छन् । 

सानो जेनेरेटर र ग्रिनेड प्रयोग गरी माछा मार्ने गरिएको स्थानीयको भनाइ छ । माइखोलामा अहिले स्थानीय जातका माछा नै मासिइसकेको एक स्थानीयले बताए । यसरी माछा मार्दा जलचरको नाश हुनेमात्र नभइ ग्रिनेड प्रयोगले कतिपयका हातसमेत चुँडिएका थिए । 

‘असला, बुदुना, सहर, गोज, चेप्टी, ठेड, भ्याद्रे, काब्रे, राजा बाम, चुच्चे बाम, कत्ले, तिते, मसाने, लोहोरी, नाक कटुवा, सिंगानेलगायत १५ भन्दा धेरै जातका माछा इलामका खोलामा पाइन्थे,’ ती स्थनीयले भने, ‘अहिले कत्ले, तिते र बसाइँ सरी आएका बुदुनामात्र पाइन्छन् । अरू त करेन्ट र विष्फोटक पदार्थले नै नाश भइसके ।’ 

हिउँद लागेर खोलामा पानी सुुकेपछि माछा मार्नेको संख्या धेरै छ । स्थानीयको भनाइअनुसार कतिपयले आफैँ घरमा विष्फोटक पदार्थ तयार गर्नेगरेका छन् । कतिपयले भने जलविद्युत् आयोजना निर्माणका लागि चट्टान फोर्न ल्याइएका विष्फोटक पदार्थ चोरेर पनि प्रयोग गर्नेगरेका छन् । 

कतिपयले भने खोलाछेउमै जेनेरेटर लगेर करेन्ट प्रयोग गरी माछा मार्नेगरेका छन् । माइखोलाको मेची राजमार्गअन्तर्गत पर्ने राजदुवालीदेखि करिब दुुई किलोमिटर आसपासमा यसरी माछा मार्नेको समूह हुने गरेको बताइएको छ । यहाँ माछा मार्ने को हुन् भन्ने स्थानीयलाई राम्रो जानकारी भएपनि खुलेर बताउन चाहँदैनन् । 

जलचरलाई करेन्ट लगाउन र विष्फोटक पदार्थ प्रयोग गरी मार्न नपाउने कानुनी व्यवस्था छ । यसअघि सन् २०१० मा देउमाई खोलामा करेन्ट र विष्फोटक पदार्थ प्रयोग गरी माछा मारेको भन्दै स्थानीय तीन जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय इलामले जलचर संरक्षण ऐन–२०१७ अनुसार मुद्दा चलाएको थियो । 

त्यसरी माछा मार्ने क्रम केही रोकिएको थियो । अहिले पुनः जथाभावी ढङ्गले माछा मार्ने  गरिएको हो ।

The post इलामका खोलामा करेन्ट र विस्फोटक पदार्थको प्रयोग बढ्दो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register