विद्युत प्राधिकरणले उद्योगलाई बक्यौता तिर्न दिएको समयसीमा आज सकिँदै

काठमाडौं । विद्युत प्राधिकरणले ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समयसीमा आज सकिँदैछ । प्राधिकरणले दिएको समयसीमा सकिन लाग्दा आज नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक बस्दैछ । ऊर्जा मन्त्रीको अध्यक्षमा अहिले केहीबेरमा बैठक बस्न लागेको हो । प्राधिकरणले गएको असोज २४ गते डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आजसम्म बक्यौता रकम […]

Oct 24, 2024 - 06:19
 0
विद्युत प्राधिकरणले उद्योगलाई बक्यौता तिर्न दिएको समयसीमा आज सकिँदै

काठमाडौं । विद्युत प्राधिकरणले ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समयसीमा आज सकिँदैछ । प्राधिकरणले दिएको समयसीमा सकिन लाग्दा आज नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक बस्दैछ ।

ऊर्जा मन्त्रीको अध्यक्षमा अहिले केहीबेरमा बैठक बस्न लागेको हो ।

प्राधिकरणले गएको असोज २४ गते डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आजसम्म बक्यौता रकम नबुझाए कानुन बमोजिम असुल उपर गर्ने चेतावनी दिएको थियो ।

प्राधिकरणले बक्यौता नतिरेको भन्दै गएको असार २५ गतेदेखि उद्योगको लाइन काट्न शुरु गरेको थियो ।

सरकार परिवर्तनसँगै प्राधिकरणले लाइन जोडेको थियो । सरकारले ३ महिनाभित्र बक्यौता विवाद सुल्झाउन नसके पुनः लाइन काट्ने प्राधिकरणले त्यतिबेलै बताएको थियो ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई ताकेता गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register