जनकपुरले भित्र्यायो न्युजिल्याण्डका अलराउन्डर जिम्मी निसम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सले न्युजिल्याण्डका अलराउन्डर जिम्मी निसमलाई आबद्ध गरेको छ । जनकपुर बोल्टसले बिहीबार निसमलाई अनुबन्ध गरेको जानकारी दिएको छ । आफ्नो विष्फोटक ब्याटिङ र तीव्र गतिको बलिङका लागि चर्चित निसमलाई टोलीमा जोड्न पाउँदा जनकपुर उत्साहित छ । एनपीएलका लागि अहिलेसम्म अनुबन्ध हुने निसम सबैभन्दा ठूला नाम हुन् । […]

Oct 24, 2024 - 07:37
 0
जनकपुरले भित्र्यायो न्युजिल्याण्डका अलराउन्डर जिम्मी निसम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सले न्युजिल्याण्डका अलराउन्डर जिम्मी निसमलाई आबद्ध गरेको छ ।

जनकपुर बोल्टसले बिहीबार निसमलाई अनुबन्ध गरेको जानकारी दिएको छ । आफ्नो विष्फोटक ब्याटिङ र तीव्र गतिको बलिङका लागि चर्चित निसमलाई टोलीमा जोड्न पाउँदा जनकपुर उत्साहित छ ।

एनपीएलका लागि अहिलेसम्म अनुबन्ध हुने निसम सबैभन्दा ठूला नाम हुन् ।

निसमले न्युजिल्याण्डका लागि ७९ टी-२० आई, ७६ ओडीआई र १२ टेस्ट खेलेका छन् । उनले इन्डियन प्रिमियर लिगलगायत विभिन्न फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

जनकपुरले नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पुबुद दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । विकेटकिपर आसिफ शेख जनकपूरका मार्की प्लेयर हुन् ।

जनकपुरका प्रशिक्षक मनोज कटुवाल र बरदान चालिसे क्रिकेट डिरेक्टरको रुपमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register