जावलाखेलमा गोदावरी पुष्प मेला (तस्वीरहरू)

ललितपुर । जावलाखेल खेलमैदानमा आजदेखि १७औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । ४ दिन अर्थात् कार्तिक ११ गतेसम्म चल्ने प्रदर्शनीमा कुल ७५ वटा स्टल छन् । जसमध्ये व्यावसायिक प्रदर्शनीका ६८ वटा, अफिसियल ४ वटा, प्रतिस्पर्धात्मक स्टल २ वटा र सेल्फी खिच्नको लागि १ वटा स्टल रहेको आयोजक फ्लोरीकल्चर एसोसिएसन नेपालले जनाएको छ । […]

Oct 24, 2024 - 08:49
 0
जावलाखेलमा गोदावरी पुष्प मेला (तस्वीरहरू)

ललितपुर । जावलाखेल खेलमैदानमा आजदेखि १७औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ ।

४ दिन अर्थात् कार्तिक ११ गतेसम्म चल्ने प्रदर्शनीमा कुल ७५ वटा स्टल छन् । जसमध्ये व्यावसायिक प्रदर्शनीका ६८ वटा, अफिसियल ४ वटा, प्रतिस्पर्धात्मक स्टल २ वटा र सेल्फी खिच्नको लागि १ वटा स्टल रहेको आयोजक फ्लोरीकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

प्रतिस्पर्धात्मक स्टलबाट प्रथम द्वितीय र तृतीय हुनेले नगद पुरस्कारसहित प्रमाणपत्र पाउनेछन् । प्रदर्शनीको उद्घाटन शुक्रबार एक कार्यक्रमबीच बागमती प्रदेश कृषि पशुपन्क्षी विकास मन्त्री प्रकाश श्रेष्ठले गरेका हुन् ।

यस प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढीको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

तस्वीरहरु:-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register