‘बजारमा सिटामोलको अभाव छैन’

काठमाडौँ ।  नेपाल औषधि लिमिटेडले बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र भएको स्पष्ट गरेको छ ।  लिमिटेडले सूचना प्रकाशित गर्दै सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको जानकारी दिएको छ । डेङ्गीका बेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेको औषधि लिमिटेडले जनाएको छ । सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट […]

Oct 25, 2024 - 12:24
 0
‘बजारमा सिटामोलको अभाव छैन’

काठमाडौँ । 

नेपाल औषधि लिमिटेडले बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र भएको स्पष्ट गरेको छ । 

लिमिटेडले सूचना प्रकाशित गर्दै सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको जानकारी दिएको छ ।

डेङ्गीका बेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेको औषधि लिमिटेडले जनाएको छ । सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट गुनासो आएकाले लिमिटेडले बिहीबार एक सूचना जारी गरी सोबारे ध्यानाकर्षण गराएको थियो ।

खरिदका लागि सम्पर्क गर्ने लिमिटेडका सबै भण्डारणकर्ता, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई मागअनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको सूचनामा उल्लेख छ ।

लिमिटेडले पछिल्लो समय बढिरहेको डेङ्गीको सङ्क्रमणलाई लक्षित गर्दै सर्वसाधारणका लागि सिटामोल सहज रुपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौँ, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले आवश्यकता अनुसारको खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ ।

उक्त काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिटामोल खरिद गर्नसक्ने लिमिटेडले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register