यी हुन् कांग्रेस निर्माण व्यवसायी समन्वय विभागमा थपिएका दश सदस्य

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको संयोजकत्वमा रहेको कांग्रेस निर्माण व्यवसायी समन्वय विभागमा दश सदस्य थप गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा दश सदस्यलाई शुक्रबार मनोनयन गरेका हुन् । मनोनितहरूमा रवि सिंह (काठमाडौँ), आङदोर्जे लामा शेर्पा (रामेछाप), गोमाया खण्डलु (चितवन), केशर […]

Oct 25, 2024 - 14:37
 0
यी हुन् कांग्रेस निर्माण व्यवसायी समन्वय विभागमा थपिएका दश सदस्य

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको संयोजकत्वमा रहेको कांग्रेस निर्माण व्यवसायी समन्वय विभागमा दश सदस्य थप गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा दश सदस्यलाई शुक्रबार मनोनयन गरेका हुन् ।

मनोनितहरूमा रवि सिंह (काठमाडौँ), आङदोर्जे लामा शेर्पा (रामेछाप), गोमाया खण्डलु (चितवन), केशर बुढाथोकी (उदयपुर), हीरा भगत (धनुषा), रमेश शर्मा (काठमाडौँ), खिमप्रकाश मल्ल (स्याङ्जा), टेकबहादुर खड्का (बाँके), यमबहादुर बिसी (सुर्खेत) र प्रकाशबहादुर सेठ्ठी (कैलाली)लाई रहनुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register