कनकाई वडास्तरीय फुटबल : कनकाई–३ को विजयी सुरुवात

कनकाई, ९ कात्तिक । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई माविको खेल मैदानमा वडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । यहाँस्थित होटल डिलाइट र अमेरिकास्थित नेप्लिज मिलेट्री भेट्रान क्लब आयोजनामा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ ले पहिलो खेलमा जित हासिल गरेको छ । ३ नम्बरले ७ नम्बरलाई ३—१ गोल अन्तरले पराजित गरेको हो । [...] The post कनकाई वडास्तरीय फुटबल : कनकाई–३ को विजयी सुरुवात appeared first on Jhapa Online.

Oct 25, 2024 - 16:20
 0
कनकाई वडास्तरीय फुटबल : कनकाई–३ को विजयी सुरुवात

कनकाई, ९ कात्तिक । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई माविको खेल मैदानमा वडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ ।

यहाँस्थित होटल डिलाइट र अमेरिकास्थित नेप्लिज मिलेट्री भेट्रान क्लब आयोजनामा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ ले पहिलो खेलमा जित हासिल गरेको छ । ३ नम्बरले ७ नम्बरलाई ३—१ गोल अन्तरले पराजित गरेको हो । विजयी टिम ३ नम्बरका लागि खेलको पहिलो हाफमा सबै गोल सम्भव भएको हो । जसमा खेलको १९ मिनेटमा रोहन कार्की, २१ मिनेटमा अरुण श्रेष्ठ र २४ मिनेटमा क्षितिज कुवँरले गोल गर्नुभएको थियो ।

यता वडानम्बर ७ का खेलाडी अमुल्य लिम्बुले भने खेलको ३१ औ मिनेटमा गोल गरेपनि टिमको हारलाई भने टार्न सकेनन उनको गोल शान्तनामा परिणत भएको थियो । कनकाई ३ दोस्रो हाफमा एक खेलाडीले दोहोरो एलो कार्ड खादै मैदान बाहिरीदा कनकाई ३ नम्बर १० खेलाडीमा सिमित हुन पुगेको थियो तर ७ नम्बरले यसको फाइदा उठाउन भने सकेन ।

खेलको म्यान अफ द म्याच बिजयी टिमका खेलाडी छितिज कुँबर हुनुभयो । उहाँलाई आयोजक समितिका ख्याम ओली, आशिस संग्रौला लगायातले नगद १५ सय सहित पुरस्कृत गर्नुभयो । उहाँ भारतीय टिम राजस्थान रोयल्सबाट व्यावसायिक फुटबल समेत खेलिरहनुभएको छ । कनकाई ३ राष्ट्रिय खेलाडी रोहन कार्की सहित टिममा उत्रिएको थियो ।

कनकाई माविको खेल मैदानमा आज कार्तिक ९ गतेदेखि आयोजित प्रतियोगिताको भोली शनिवार २ खेलहरु हुनेछन । पहिलो खेल कनकाई ९ र १ नम्बर वार्ड बिच दिउसो १ बजे र दोस्रो खेल वार्ड नम्बर ८ र ४ बिच दिउसो ३ बजे हुने छ ।

प्रतियोगिताको उद्घाटन झापा क्षेत्र नं. ४ का सांसद एलपी साँबा लिम्बूले गर्नुभएको थियो । साँवाले विदेशमा रहेर पनि खेल क्षेत्रको विकासका लागि यहाँका सचेत युवाले पहल गरेको भन्दै प्रसंसा गर्नुभयो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम संयोजक दिपेन ओलीले यस क्षेत्रका खेलप्रेमी जनताको भावनालाई मर्न नदिन फुटबल खेलको आयोजना गरिएको बताउनुभयो ।

कात्तिक १४ गतेसम्म चल्ने दसैं–तिहार कप नकआउँट फुटबल प्रतियोगिता बिजयी हुने टिमले नगद ७१ हजार नगद र दोस्रो हुने टिमले नगद ३५ हजार रुपैयाँ प्राप्त गर्ने पूर्व आर्मी आशिष संग्रौलाले जानकारी दिनुभयो ।

प्रतियोगितामा कनकाई नगरपालिकाका ९ वार्डका ९ टिम र कनकाई भेट्रान्सको एक टिमले भाग लिने छ । प्रतियोगिता कनकाई नगरपालिका–३ स्थित कनकाई माविको खेल मैदानमा आयोजना भइरहेको छ । खेल अघि यहाँस्थित कनकाई सुरुङ्गा प्रेस क्लब र कनकाई भेट्रान्सबीच भएको मैत्रीपूर्ण खेलमा कनकाई भेट्रान्स ७–० गोल अन्तरले विजयी बनेको थियो ।

The post कनकाई वडास्तरीय फुटबल : कनकाई–३ को विजयी सुरुवात appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register