इजरायलद्वारा इरानमा आक्रमण 

काठमाडौँ।  इजरायलले “इरानमा सैन्य लक्ष्य” मा आक्रमण गरिरहेको बताएको छ । इजरायलको सेनाले “इरानमा सैन्य लक्ष्यहरूमा सटीक हमला गरिरहेको जनाएको छ । स्थानीय समय अनुसार शनिवार बिहान एक विज्ञप्तिमा आक्रमण भई रहेको बताएको छ । तेहरानमा विष्फोटहरू सुनिएको सिएनएनले जनाएको छ । इजरायल रक्षा बल (आईडीएफ)ले आक्रमणहरू इरानको प्रतिक्रियामा दिएको जनाएको छ । “विश्वका सबै […]

Oct 26, 2024 - 01:30
 0
इजरायलद्वारा इरानमा आक्रमण 

काठमाडौँ। 

इजरायलले “इरानमा सैन्य लक्ष्य” मा आक्रमण गरिरहेको बताएको छ । इजरायलको सेनाले “इरानमा सैन्य लक्ष्यहरूमा सटीक हमला गरिरहेको जनाएको छ । स्थानीय समय अनुसार शनिवार बिहान एक विज्ञप्तिमा आक्रमण भई रहेको बताएको छ ।

तेहरानमा विष्फोटहरू सुनिएको सिएनएनले जनाएको छ । इजरायल रक्षा बल (आईडीएफ)ले आक्रमणहरू इरानको प्रतिक्रियामा दिएको जनाएको छ ।

“विश्वका सबै सार्वभौम देशहरू जस्तै इजरायलसँग जवाफ दिने अधिकार र कर्तव्य छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

अक्टोबर ७ देखि इजरायललाई “सातवटा मोर्चाहरूमा इरानी भूमिबाट प्रत्यक्ष आक्रमणहरू सहित अथक आक्रमण गरिरहेको इजरायली रक्षा बलले जनाएको छ ।

आईडिएफ चेतावनी दिँदै यसको “रक्षात्मक र आक्रामक क्षमताहरू पूर्ण रूपमा परिचालन गरिएको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register