कुलमानको पक्षमा बोल्दै शेखर भन्छन् – बक्यौता लिएन भने देश चल्छ कसरी ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उद्योगीसँग विद्युत् बक्यौता उठाउन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सही कदम चालेको बताएका छन् । उद्योगीसँग विद्युत् बक्यौता उठाउने विषयमा सरकार र विद्युत् प्राधिकरणबीच चलिरहेको विवादमा सत्तारुढ दलकै नेताले यस्तो बताएका हुन् । शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले […]

Oct 26, 2024 - 08:25
 0
कुलमानको पक्षमा बोल्दै शेखर भन्छन् – बक्यौता लिएन भने देश चल्छ कसरी ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उद्योगीसँग विद्युत् बक्यौता उठाउन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सही कदम चालेको बताएका छन् ।

उद्योगीसँग विद्युत् बक्यौता उठाउने विषयमा सरकार र विद्युत् प्राधिकरणबीच चलिरहेको विवादमा सत्तारुढ दलकै नेताले यस्तो बताएका हुन् ।

शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले कुलमानको इस्यूमा सरकार अघि बढेको छ । अस्ति बोर्डको बैठकमा कुलमान जी र मन्त्रीजीको कुरा मिलेन रे । अर्बौँको बक्यौताको कुरा छ । देश ऋण लिएर चलिरहेको छ, सरकार भन्छ – अहिले बक्यौता नलेऊ, बक्यौता लिएन भने देश चल्छ कसरी ?’

प्राधिकरणले बक्यौता नबुझाएको भन्दै शुक्रबार उद्योगको लाइन काटेको थियो ।

यस्तै, कोइरालाले वर्तमान सरकारले सय दिनमा लक्ष्यअनुसारको काम गर्न नसकेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register