पाकिस्तानले ३ वर्षपछि घरेलु मैदानमा टेस्ट सिरिज जित्यो

काठमाडौं । रावलपिंडी टेस्टमा पाकिस्तानले इंग्ल्याण्डलाई ९ विकेटले पराजित गरेको छ । योसँगै पाकिस्तानले सन् २०२१ पछि घरेलु टेस्ट सिरिज जितेको छ । खेलको तेस्रो दिन इंग्ल्याण्ड दोस्रो इनिङ्समा ११२ रनमा समेटिएको थियो । टोलीले पाकिस्तानलाई ३६ रनको लक्ष्य दिएको थियो । जुन पाकिस्तानले ३.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । कप्तान शान मसूदले […]

Oct 26, 2024 - 09:01
 0
पाकिस्तानले ३ वर्षपछि घरेलु मैदानमा टेस्ट सिरिज जित्यो

काठमाडौं । रावलपिंडी टेस्टमा पाकिस्तानले इंग्ल्याण्डलाई ९ विकेटले पराजित गरेको छ । योसँगै पाकिस्तानले सन् २०२१ पछि घरेलु टेस्ट सिरिज जितेको छ ।

खेलको तेस्रो दिन इंग्ल्याण्ड दोस्रो इनिङ्समा ११२ रनमा समेटिएको थियो । टोलीले पाकिस्तानलाई ३६ रनको लक्ष्य दिएको थियो । जुन पाकिस्तानले ३.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । कप्तान शान मसूदले ६ बलमा २३ रनको इनिङ खेले । उनले छक्का प्रहार गर्दै खेल जिताएका थिए ।

शनिबारको खेलमा इङ्ल्यान्डले आफ्नो हिजोको स्कोर २४/३ भन्दा अगाडि खेल्न थालेको थियो । टोलीका तर्फबाट जो रुटले ३३ र ह्यारी ब्रुकले २६ रन बनाए ।

खेलमा पाकिस्तानका साजिद खानले १० विकेट लिए । नोमान अलीले ९ विकेट लिए । साउद शकीलले १३४ रनको इनिङ खेले ।

पाकिस्तानी स्पिनरको दबदबा

तेस्रो दिन पाकिस्तानी बलरले उत्कृष्ट बलिङ गरेका थिए । बायाँ हाते स्पिनर नोमान अलीले ६ विकेट लिए । उनले ज्याक क्राउलीलाई २ रनमा, ओली पोपलाई १ रनमा, जो रुटलाई ३३ रनमा, ह्यारी ब्रुकलाई २६ रनमा र कप्तान बेन स्टोक्सलाई ३ रनमा आउट गरेका थिए ।

स्पिनर साजिद खानले ४ विकेट लिए । उनले १८ ओभरमा ६९ रन दिएर ४ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register