विष्णु रिजालको टिप्पणी- माओवादीको ओरालो शृङ्खला रोकिनेवाला छैन

काठमाडौँ ।  नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रको ओरालो शृङ्खला नरोकिने बताएका छन् । माओवादी केन्द्रले आज गरिरहेको खबरदारी जुलुसप्रति टिप्पणी गर्दै नेता रिजालले आजको जुलुशबाट माओवादीको ओरालो शृङ्खला यहीँ नरोकिने थप प्रस्ट भएको उल्लेख गरेका छन् । उनले भनेका छन्-  माओवादीको २०६६ मा कथित नागरिक सर्वोच्चताका लागि भएको ‘अनिश्चितकालीन आमहडताल’ पनि देखिएकै/भोगिएकै हो, […]

Oct 26, 2024 - 10:06
 0
विष्णु रिजालको टिप्पणी- माओवादीको ओरालो शृङ्खला रोकिनेवाला छैन

काठमाडौँ ।

 नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रको ओरालो शृङ्खला नरोकिने बताएका छन् ।

माओवादी केन्द्रले आज गरिरहेको खबरदारी जुलुसप्रति टिप्पणी गर्दै नेता रिजालले आजको जुलुशबाट माओवादीको ओरालो शृङ्खला यहीँ नरोकिने थप प्रस्ट भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- 

माओवादीको २०६६ मा कथित नागरिक सर्वोच्चताका लागि भएको ‘अनिश्चितकालीन आमहडताल’ पनि देखिएकै/भोगिएकै हो, ‘शहरी जनविद्रोह’ पनि देखिएकै हो । ०७० को निर्वाचनमा शर्मनाक पराजय भएपछिको ‘अदृश्य धाँधलीका विरुद्ध’को आन्दोलन पनि देखिएकै हो । आजको जनप्रदर्शन पनि देखियो । आजको जुलुशबाट थप प्रस्ट भएको छ– माओवादीको ओरालो शृङ्खला यहीँ रोकिनेवाला छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register