कानुनले निषेध गरेका गतिविधि नगर्न /नगराउन जिल्ला प्रशासन कार्यालय रसुवाको अनुरोध 

रसुवा।  नेपाली हरूकाे माहान चाड शुभ दिपावलि,नेपाल सम्वत ११४५ तथा छट पर्वको उपलक्ष्यमा कानुनले  निषेध गरेका गतिविधि हरू नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय रसुवाले अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अनुसार  चाडपर्व हरू सामाजिक ,सद्भाव  र भाईचारा कायम गर्दै न्यायपुर्ण समाज निर्माण गर्न प्रेरक रहेका छन्।  यश अवसरमा शान्ति खैला वैला गर्ने,कानुन […]

Oct 27, 2024 - 12:54
 0
 कानुनले निषेध गरेका गतिविधि नगर्न /नगराउन जिल्ला प्रशासन कार्यालय रसुवाको अनुरोध 

रसुवा। 

नेपाली हरूकाे माहान चाड शुभ दिपावलि,नेपाल सम्वत ११४५ तथा छट पर्वको उपलक्ष्यमा कानुनले  निषेध गरेका गतिविधि हरू नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय रसुवाले अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अनुसार  चाडपर्व हरू सामाजिक ,सद्भाव  र भाईचारा कायम गर्दै न्यायपुर्ण समाज निर्माण गर्न प्रेरक रहेका छन्।  यश अवसरमा शान्ति खैला वैला गर्ने,कानुन विपरीत जुवातास लङ्गुर बुर्जा खेल्ने,खेलाउने,भुईचम्पा र पटका,आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक पर्दाथ काे प्रयाेग अेासारपसार,विक्रि वितरण गर्ने जस्ता कार्य नगर्न नगराउन अनुरोध गर्दै कानुनले निषेध गरेका यस्ता गतिविधि गरे गराएमा कानुन बमोजिम कारबाही गरिने बताए ।

साथै देउसी भैलाे लगायत का सांस्कृतिक कार्यक्रम हरू मर्यादित अनुशासित एवम् व्यवस्थित ढङ्गले सञ्चालन गर्न र गराउन हुन अनुरोध समेत गरिएको छ ।कोही कसैले कुनै नराम्रो गतिविधि गरे  गराइएको पाइएमा नजिकैको प्रहरी चौकी वा १०० मा जानकारी समेत दिन अनुरोध गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register