भारतले १२ वर्षपछि घरेलु मैदानमा टेस्ट सिरिज गुमायो

काठमाडौं । न्युजिल्याण्डसँगको तीन खेलको टेस्ट सिरिजको दोस्रो खेलमा पनि भारत ११३ रनले पराजित भएको छ । यससँगै भारतले १२ वर्षपछि घरेलु मैदानमा टेस्ट सिरिज गुमाएको छ । टोलीको पछिल्लो हार सन् २०१२ मा इङ्ल्यान्डसँग भएको थियो । पुणेमा भएको दोस्रो टेस्टमा न्युजिल्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले […]

Oct 26, 2024 - 12:19
 0
भारतले १२ वर्षपछि घरेलु मैदानमा टेस्ट सिरिज गुमायो

काठमाडौं । न्युजिल्याण्डसँगको तीन खेलको टेस्ट सिरिजको दोस्रो खेलमा पनि भारत ११३ रनले पराजित भएको छ ।

यससँगै भारतले १२ वर्षपछि घरेलु मैदानमा टेस्ट सिरिज गुमाएको छ । टोलीको पछिल्लो हार सन् २०१२ मा इङ्ल्यान्डसँग भएको थियो ।

पुणेमा भएको दोस्रो टेस्टमा न्युजिल्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले पहिलो इनिङ्समा २५९ रन बनाएको थियो । पहिलो इनिङ्समा भारतीय टोली १५६ रनको स्कोरमा अलआउट भएको थियो ।

दोस्रो इनिङ्समा ब्याटिङ गरेको न्युजिल्यान्डको टोलीले २५५ रन बनाएर भारतीय टोलीलाई जितका लागि ३५९ रनको लक्ष्य दिएको थियो ।

लक्ष्य पछ्याएको भारतीय टोली २४५ रनमै अलआउट भयो । दोस्रो इनिङ्समा भारतका लागि यशस्वी जैसवालले सर्वाधिक रन बनाए । उनले ७७ रनको इनिङ खेले।

दोस्रो इनिङ्समा न्यूजिल्याण्डका स्पिन बलर मिचेल सेन्टनरले ६ विकेट लिए ।

तीन टेस्टेको शृङ्खलामा न्युजिल्यान्डले २–० ले आफ्नो पोल्टामा पारिसकेको छ । पाहुना टोलीले बेंगलुरुमा खेलिएको पहिलो टेस्ट खेल पनि ८ विकेटले जितेको थियो ।

शृंखलाको तेस्रो र अन्तिम टेस्ट खेल नोभेम्बर १ बाट मुम्बईमा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register