जीवन-एक प्रवाह एक श्रृंखला सार्वजनिक

काठमाडौं । मानवीय र सामाजिक अभियन्ता देवरत्न धाख्वाको ‘जीवन एक प्रवाह एक श्रृंखला’ नामक पुस्तक लोकार्पण भएको छ ।लेखन कुञ्जद्वारा प्रकाशित पुस्तक लाकार्पण गर्देै दिव्यशताब्दि पुरुष डा. गौरीशंकर लाल दासले नेपाल रेडक्रशमा चार दशक बिताउनुभएका समाजसेवी राजनीतिज्ञ धाख्वाको पुस्तक मानवीय र समाजसेवा गर्नेका लागि प्रेरणादायी र अनुकरणीय रहेको बताउनुभएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीवावु […]

Oct 26, 2024 - 13:42
 0
जीवन-एक प्रवाह एक श्रृंखला सार्वजनिक

काठमाडौं । मानवीय र सामाजिक अभियन्ता देवरत्न धाख्वाको ‘जीवन एक प्रवाह एक श्रृंखला’ नामक पुस्तक लोकार्पण भएको छ ।
लेखन कुञ्जद्वारा प्रकाशित पुस्तक लाकार्पण गर्देै दिव्यशताब्दि पुरुष डा. गौरीशंकर लाल दासले नेपाल रेडक्रशमा चार दशक बिताउनुभएका समाजसेवी राजनीतिज्ञ धाख्वाको पुस्तक मानवीय र समाजसेवा गर्नेका लागि प्रेरणादायी र अनुकरणीय रहेको बताउनुभएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीवावु महर्जनले ललितपुरको नागवहाल जस्तो रमणीय स्थानमा भएको कार्यक्रम र यसै क्षेत्रका बरिष्ठ समाजसेवी धाख्वाको पुस्तक मानव सेवा गर्नेका लागि मात्र होइन जनप्रतिनिधिले पनि कसरी समयमै काम गर्नुपर्छ भन्ने जस्ता निकै अनुकरणीय र प्रेरणादायी रहेको उल्लेख गर्नुभएको छ ।


लोकार्पण समारोहमा लेखक देवरत्न धाख्वा, लेखनकुञ्जका अध्यक्ष कमल ढकाल, लेखनकुञ्जका सम्पादक बरिष्ठ पत्रकार टंक पन्त, नेपाल रेडक्रश सोसाइटीका निर्देशक पुजा कोइराला, हिरण्यवर्ण महाबिहारका दश पारमिता आजु रत्न शाक्य , अर्जना धाख्वा , रचना धाख्वा लगायतले पुरुतककाबारेमा चर्चा गर्नुभएको थियो ।


लेखनजकुञ्जका अर्जुन ढुंगानाद्वारा सम्पादित पुस्तक लोकार्पण समारोहमा मुन्दिका धाख्वा र सुजन धाख्वाले स्वागत गर्नुभएको थियो भने रेडक्रशका उच्च पदस्थ पदाधिकारी , उच्च अधिकारीहरु , बुद्धिजीवीहरु , राजनीतिज्ञ, जनप्रतिनिधिहरु , स्थानीय समाजसेवी, परिवारजन सहितको उल्लेख्य सहभागिता रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register