तोलामै १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १४ सय रुपैयाँले बढेर एक लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । […]

Oct 27, 2024 - 05:19
 0
तोलामै १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १४ सय रुपैयाँले बढेर एक लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला २०८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ४३ हजार ५ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १७८७.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register