प्रचण्डप्रति ओलीको कटाक्ष- धम्क्याएका भरमा खाने !

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘धम्क्याएको भरमा खाने’ भनेर कटाक्ष गरेका छन् । आइतबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महाधिवेशनको खुलासत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसरी कटाक्ष गरेका हुन् । “एकजना उफ्री-उफ्रीकन भाषण गर्दै थिए, हिजो मात्रै […]

Oct 27, 2024 - 05:43
 0
प्रचण्डप्रति ओलीको कटाक्ष- धम्क्याएका भरमा खाने !

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘धम्क्याएको भरमा खाने’ भनेर कटाक्ष गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महाधिवेशनको खुलासत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसरी कटाक्ष गरेका हुन् ।

“एकजना उफ्री-उफ्रीकन भाषण गर्दै थिए, हिजो मात्रै देख्याथेँ । हतियार बिसाको मात्रै हो, भ्रम नरहोस्, चलाउन बिर्स्या छैन रे ! त्यस्तै-त्यस्तै त हामी हुनु भएन नि । धम्काएको भरमा खाने । तर, हामीलाई हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्नेचाहिँ हामीलाई थाहा छ । तर, चलाउन हामीलाई आउँदैन,” प्रधानमन्त्री ओलीले भने ।

यसअघि शनिबार माओवादी केन्द्रले सरकारविरोधी प्रदर्शन गरेको थियो । त्यसमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै सरकार जनताप्रति गम्भीर हुनुपर्ने र नभए आफूहरू अझ कडारूपमा प्रस्तुत हुने बताएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register