विदेशमा रहेका नेपालीलाई अर्थमन्त्रीको आग्रह- ‘नेपालमा लगानी गर्नुस्, प्रतिफल लैजाने माहोल बनाउँछौँ’

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले अमेरिकामा रहेका नेपालीहरुलाई नेपालमा लगानी बढाउन अपिल गरेका छन् । नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उप्रधान एवम् अर्थमन्त्री पौडेलले अमेरिकाका विभिन्न राज्यमा व्यवसाय गर्दै आएका नेपालीहरुलाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका हुन् । अर्थमन्त्री पौडेलले गैरआवसीय नेपालीहरुलाई नेपालमा उर्जा, पर्यटन र सूचना प्रविधि लगायतका क्षेत्रमा व्यापाक सम्भावना रहेको […]

Oct 27, 2024 - 08:49
 0
विदेशमा रहेका नेपालीलाई अर्थमन्त्रीको आग्रह- ‘नेपालमा लगानी गर्नुस्, प्रतिफल लैजाने माहोल बनाउँछौँ’

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले अमेरिकामा रहेका नेपालीहरुलाई नेपालमा लगानी बढाउन अपिल गरेका छन् ।

नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उप्रधान एवम् अर्थमन्त्री पौडेलले अमेरिकाका विभिन्न राज्यमा व्यवसाय गर्दै आएका नेपालीहरुलाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका हुन् ।

अर्थमन्त्री पौडेलले गैरआवसीय नेपालीहरुलाई नेपालमा उर्जा, पर्यटन र सूचना प्रविधि लगायतका क्षेत्रमा व्यापाक सम्भावना रहेको भन्दै लगानी विस्तार गर्न भनेका छन् । साथै अर्थमन्त्री पौडेलले नेपालमा लगानी विस्तार गर्न आग्रह गर्नुका साथै प्रतिफल लैजाने माहोल बनाउने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले गैर आवसीय नेपालीहरुलाई मुलकमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न आवश्यक कानूनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको भन्दै नेपालमा लगानी गर्ने लगानीकर्ताको लगानीको सुरक्षको ग्यारेन्टी सरकारले गर्ने पनि प्रतिवद्धता गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register