भुटानलाई ७-१ ले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा बंगलादेशले ५-१ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो । बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरेकी थिइन् भने सबिना खातुनले २ गोल र ऋतु पुर्ण चक्माले एक गोल […]

Oct 27, 2024 - 09:48
 0
भुटानलाई ७-१ ले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ ।

बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा बंगलादेशले ५-१ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो ।

बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरेकी थिइन् भने सबिना खातुनले २ गोल र ऋतु पुर्ण चक्माले एक गोल गरेकी थिइन् । त्यस्तै भुटानका लागि डेकी लहाजोमले एक गोल गरेकी थिइन् ।

डिफेन्डिङ च्याम्पियन्स समेत रहेको बंगलादेश लगातार दोस्रो पटक साफको फाइनलमा पुगेको छ । अब बंगलादेशले आज हुने दोस्रो सेमिफाइनलको नेपाल र भारतबीचको विजेतासँग फाइनलमा खेल्ने छ । फाइनल खेल बुधबार हुने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register