अदालत परिसरमा उफ्रीउफ्री कराउनु लोकतान्त्रिक मान्यताविपरीत : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायीक प्रक्रियामा रहेका विषयमा विरोध जनाउनु लोकतान्त्रिक मान्यताविपरीत भएको बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्रीउफ्री कराउनु लोकतान्त्रिक मान्यताविपरीत भएको बताएका हुन् । सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको […]

Oct 27, 2024 - 10:25
 0
अदालत परिसरमा उफ्रीउफ्री कराउनु लोकतान्त्रिक मान्यताविपरीत : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायीक प्रक्रियामा रहेका विषयमा विरोध जनाउनु लोकतान्त्रिक मान्यताविपरीत भएको बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्रीउफ्री कराउनु लोकतान्त्रिक मान्यताविपरीत भएको बताएका हुन् ।

सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको उहाले बताए । उनले आफूले कसैप्रति पूर्वाग्रह नराख्ने र न्यायिक निरूपणबाट हुने निष्कर्षलाई सबैले मान्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले माटामुनी लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने भन्दै नेपाली समाजलाई झुठो प्रचार गरेर धम्की नदिन माओवादीलाई सुझाव दिए । आफूलाई अलोकप्रिय भएको भनेर टिप्पणी गर्नेहरूलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले भाडामा खटाइएकाहरूले आफ्नो विरोध गरेको टिप्पणी गरे ।

उनले लोकतन्त्र भनेको छाडातन्त्र नभएको बताउँदै नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छाैँ, मार्छाै, काट्छौँ भन्नु छाडातन्त्र भएकाले त्यस्ता क्रियाकलाप सैह्य नहुने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register