दुर्गा प्रसाईलाई कानुनी कठघरामा पुर्याउने चेतावनी

बिर्तामोड, ११ कात्तिक । अखिल नेपाल महिला संघ झापाले महिलामाथि हिंसा एवम् दुव्र्यवहारपूर्ण अभिव्यक्ति दिने अभियन्ता दुर्गा प्रसाईलाई कानुनी कठघरामा पुर्याउने चेतावनी दिएको छ । राजनीति गर्ने महिलाहरु गलत काममा संलग्न हुने अभिव्यक्ति प्रसाईले दिएको उनीहरुको आरोप छ । प्रसाईले एमालेमा आवद्ध महिला नेतृत्वलाई विभिन्न आक्षेपहरु लगाइरहकोले उनलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन् । [...] The post दुर्गा प्रसाईलाई कानुनी कठघरामा पुर्याउने चेतावनी appeared first on Jhapa Online.

Oct 27, 2024 - 15:32
 0
दुर्गा प्रसाईलाई कानुनी कठघरामा पुर्याउने चेतावनी

बिर्तामोड, ११ कात्तिक । अखिल नेपाल महिला संघ झापाले महिलामाथि हिंसा एवम् दुव्र्यवहारपूर्ण अभिव्यक्ति दिने अभियन्ता दुर्गा प्रसाईलाई कानुनी कठघरामा पुर्याउने चेतावनी दिएको छ । राजनीति गर्ने महिलाहरु गलत काममा संलग्न हुने अभिव्यक्ति प्रसाईले दिएको उनीहरुको आरोप छ ।

प्रसाईले एमालेमा आवद्ध महिला नेतृत्वलाई विभिन्न आक्षेपहरु लगाइरहकोले उनलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन् । नेकपा एमाले झापा जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आइतवार पत्रकार सम्मेलन गर्दै अनेमसंघ झापाले प्रसाईले दिने गरेका महिलाविरुद्धका अभिव्यक्तिहरुको तथ्य संकलन गरेर कानुनी कारबाहीको तयारी गरेको बताएका छन् । तथ्य प्रमाण संकलन गरेर प्रसाईलाई कानुनी दायरामा उभ्याउने अनेमसंघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेले बताइन् । उनले प्रमुख जिल्ला अधिकारीलाई यसबारे डेलिगेशन गएर प्रसाईले महिलामाथि दिइरहेको अभिव्यक्ति बारे अवगत गराउने जानकारी दिइन् । महिलाहरु चुप बसेका कारण प्रसाईले मनपरी बोरिहेका छन्, उनले भनिन् – अब हामी चुप बस्ने पक्षमा छैन । प्रसाईलाई कारबाहीको दायरामा ल्याएर छोड्छौं ।

उनीहरुले प्रसाईविरुद्ध झापाली महिलाहरु मुक्तिचोक र बिएण्डसी पुगेर विरोध प्रदर्शन तयार रहेको बताएका छन् । महिलामाथि हिंसाका घटनाहरु बढ्दै गइरहेकोले अनेमसंघले गाउँगाउँसम्म महिलालाई सचेत गराउने बताइएको छ । टोलटोलबाट महिला हिंसा विरुद्ध प्रतिकार गर्न नेतृ काफ्लेले आग्रह समेत गरेकी छन् ।

अनेम संघ झापा अध्यक्ष पवित्रा पाठकले दुर्गा प्रसाईले विभिन्न माध्यम मार्फत महिलामाथि हिंसा हुने अभिव्यक्ति दिइरहेको बताइन् । उनले प्रसाई र प्रसाईको जस्तो अभिव्यक्ति दिने कसैलाई पनि नछोड्ने धारणा राखेकी छन् । बढ्दो महिला हिंसा, बलात्कार, हत्या जस्ता जघन्य अपराध गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउने उनको भनाई छ । अध्यक्ष पाठकले महिलामाथि हिंसा गर्नेहरुलाई कारबाही नगरे चरणबद्ध आन्दोलन गर्ने बताइन् । पत्रकार सम्मेलनमा केन्द्र, प्रदेश र जिल्ला तहका नेतृत्वको उपस्थिति रहेको थियो ।

The post दुर्गा प्रसाईलाई कानुनी कठघरामा पुर्याउने चेतावनी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register