कनकाई दसैं तिहार वडा फुटबल ९ र ५ विजयी

कनकाई, ११ कात्तिक । झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा जारी दसैतिहार वडास्तरीय फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा वडा नम्बर ९ र ५ आआफ्नो खेलमा जित दर्ता गर्दै सेमिफाईनलको यात्रा तय गरेका छन । आज भएको पहिलो खेलमा वडा नम्बर ९ ले वडानम्बर ६ लाई २—१ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश [...] The post कनकाई दसैं तिहार वडा फुटबल ९ र ५ विजयी appeared first on Jhapa Online.

Oct 27, 2024 - 15:38
 0
कनकाई दसैं तिहार वडा फुटबल ९ र ५ विजयी

कनकाई, ११ कात्तिक । झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा जारी दसैतिहार वडास्तरीय फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा वडा नम्बर ९ र ५ आआफ्नो खेलमा जित दर्ता गर्दै सेमिफाईनलको यात्रा तय गरेका छन ।

आज भएको पहिलो खेलमा वडा नम्बर ९ ले वडानम्बर ६ लाई २—१ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश पाएको छ । बिजयी टिमको तर्फबाट खेलको १५ औ मिनेटमा दिक्षित चौधरी र ३५ मिनेटमा रबि मुर्मुले गोल गर्दै टिमलाई बिजयी बनाए । उक्त खेलमा गोककर्ता रवि मुर्मु म्यान अफ द म्याच हुन सफल भए । उनले नगद १५ सय रुपैँया पुरस्कार प्राप्त गरे । उनलाई समाजसेवी शेरबहादुर थापा, आयोजक समितिका ख्याम ओली , आशिस संग्रौला, खेल संयोजक दिपेन ओली, वेविशा दवाडी लगायातले म्यान अफ दी म्याचको पुरस्कार प्रदान गर्नुभयो ।

यसैगरि आजै भएको दोस्रो खेलमा वडानम्बर ५ ले वडानम्बर २ लाई १—० गोल अन्तरले पराजित गर्दै दोस्रो चरण सेमिफाईनलमा प्रवेश पाएको छ । वडा नम्बर ५ का तर्फबाट एकमात्र निर्णायक गोल खेलको तेस्रो मिनेटमै रुचन लिम्बुले गोल गर्दै आफ्नो टिमलाई बिजयी बनाए । उनी खेलको म्यान अफ दी म्याच बन्दै नगद १५ सय प्राप्त गर्न सफल बने ।

भोलीको पहिलो सेमि फाईनल खेल आजको बिजेता टिम कनकाई ५ र कनकाई भेट्रान्स टिमबिच हुने आयोजक समितिका खेल संयोजक दिपेन ओलीले बताउनुभयो । कनकाई माविको खेल मैदानमा कार्तिक ९ गतेदेखि आयोजित खेल प्रतियोगिता स्थानीय होटल डिलाईट, भुतपुर्व अमेरिकी सैनिक आशिस संग्रौला लगायातको आयोजनामा खेल प्रतियोगिता हुदै छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ७१ हजार र ट्रफि तथा दोस्रो हुने टिमले नगद ३५ हजार प्राप्त गर्ने छ । फाईनल खेल आगामि कार्तिक १४ गते हुने छ । प्रतियोगितामा यसअघिनै कनकाई ८ ले ४ लाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरिसकेको छ भने कनकाई ३ समेत ७ लाई हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

The post कनकाई दसैं तिहार वडा फुटबल ९ र ५ विजयी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register