दशनामी समाज बिर्तामोड नगर समितिको पदहस्तान्तरण

चारपाने, ११ कात्तिक । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको पदहस्तान्तरण गरिएको छ । समाजको गत जेठ ६ गते भएको बिशेष अधिवेशनबाट निर्वाचित कार्य समितिलाई आज (आइतवार) बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा प्रमाणपत्र बितरणसहित पदहस्तान्तरण गरिएको हो । निर्वाचन समितिको संयोजक उमेश भारतीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका कोशी प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरीको प्रमुख आतिथ्य [...] The post दशनामी समाज बिर्तामोड नगर समितिको पदहस्तान्तरण appeared first on Jhapa Online.

Oct 27, 2024 - 15:38
 0
दशनामी समाज बिर्तामोड नगर समितिको पदहस्तान्तरण

चारपाने, ११ कात्तिक । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको पदहस्तान्तरण गरिएको छ । समाजको गत जेठ ६ गते भएको बिशेष अधिवेशनबाट निर्वाचित कार्य समितिलाई आज (आइतवार) बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा प्रमाणपत्र बितरणसहित पदहस्तान्तरण गरिएको हो ।

निर्वाचन समितिको संयोजक उमेश भारतीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका कोशी प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरीको प्रमुख आतिथ्य रहेको थियो । निर्वाचन कार्य समितिलाई प्रमुख अतिथि चन्द्रप्रसाद, निर्वाचन समितिका संयोजक उमेश भारती, निर्वाचन समिति सदस्य बालकृष्ण गिरी, शंकर गिरी, नगरका निवर्तमान अध्यक्ष अर्जुन गिरीले प्रमाणपत्र बितरण गरेका थिए ।

स्वागत निवर्तमान नगर अध्यक्ष अर्जुन गिरीले गरेको कार्यक्रममा समाजका प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरी, नगरका निवर्तमान जेष्ठ सदस्य घनश्याम गिरीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नगरका अध्यक्ष खड्गराज गिरी, बरिष्ठ उपाध्यक्ष खेमराज गिरीले नगरमा रहेका बन्धुहरुलाई एकीकृत गर्दै अग्रज बन्धुहरुसँग सल्लाहसुझाव लिएर अघि वढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । कार्यक्रमको सञ्चालन नगरका निवर्तमान सचिव उद्धव पुरी र सचिव प्रजित पुरीले गरेका थिए । नगर समितिले यस बर्ष आउँदै गरेको तिहारको अवसर पारेर नगरका बन्धुहरुको घरमा देउसीभैलो खल्ने निर्णयसमेत गरेको छ भने स्थापित अक्षयकोषका बिषयमा समेत छलफल गरेको थियो ।

The post दशनामी समाज बिर्तामोड नगर समितिको पदहस्तान्तरण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register