शिवसताक्षीमा म्याद गुज्रिएका पेय पदार्थ फेला

शिवसताक्षी, ११ कात्तिक । झापा शिवसताक्षीको दूधे बजारको एक पसलमा ठूलो परिमाणमा म्याद गुज्रिएको पेय पदार्थ फेला परेको छ। शिवसताक्षी नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा दुधे बजारको थेवे किराना पसलबाट म्याद गुज्रिएको पेय पदार्थ फेला परेको हो । म्यादगुज्रिएका ३६ बोतल कोकाकोला, फेन्टा लगायतका पेय पदार्थ नगरपालिकाले डिस्पोज गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । त्यस्तै [...] The post शिवसताक्षीमा म्याद गुज्रिएका पेय पदार्थ फेला appeared first on Jhapa Online.

Oct 27, 2024 - 15:50
 0
शिवसताक्षीमा म्याद गुज्रिएका पेय पदार्थ फेला

शिवसताक्षी, ११ कात्तिक । झापा शिवसताक्षीको दूधे बजारको एक पसलमा ठूलो परिमाणमा म्याद गुज्रिएको पेय पदार्थ फेला परेको छ। शिवसताक्षी नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा दुधे बजारको थेवे किराना पसलबाट म्याद गुज्रिएको पेय पदार्थ फेला परेको हो ।

म्यादगुज्रिएका ३६ बोतल कोकाकोला, फेन्टा लगायतका पेय पदार्थ नगरपालिकाले डिस्पोज गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । त्यस्तै दुधे किराना पसलबाट पनि ३२ बोतल कोक म्याद गुज्रिएको अवस्थामा फेला परेको थियो ।

त्यस्तै टुनिशाा किराना, हिमानी किराना, घिमिरे किराना, तारा किराना, दूधे किराना, पानस किराना र सुर्य पान तथा किराना पसलमा विष्कुट, जिरा मसाल, पापड, चिप्स, कुरमुरे लगायतका खाद्य पदार्थ फेला परेको नगरको अनुगमन टोलीले जनाएको छ ।

अगुनमन टोलीले अनुसार दूधे बजारका अधिकाश खाद्य पसलका नगरपालिकामा दर्ता नविकरण नभएको पाइएको जनाएको छ । त्यस्ता पसलहरुलाई सम्वन्धि वडा कार्यालय गई नविकरण गर्न सुझाएर पत्र दिएको शिवसताक्षी नगरपालिका राजश्व शाखा प्रमुख विमल बास्कोटाले जानकारी दिए ।

शिवसताक्षी नगरपालिकाले दशंै अगाडीदेखि नै बजार अनुगमनलाई निरन्तरता दिएको हो । अनुगमनमा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्हाङम्फे, नगरका कर्मचारी, प्रहरी, नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

The post शिवसताक्षीमा म्याद गुज्रिएका पेय पदार्थ फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register