झापा पाठामारीका १८६ एकल महिलालाई झुल

बनियानी, १२ कात्तिक । महिला जनचेतना केन्द्र काँकरभिट्टा र कचनकवल गाउँपालिका–५ को संयुक्त आयोजनामा आइतबार झापाको पाठामारीमा १८६ एकल महिलालार्इ झुल वितरण गरिएको छ । टेवाको आर्थिक सहयोगमा महिला मानवीय संकट सहयोग अन्तरगत कचनकवल–५ पाठामारीका एकल महिलालार्इ झुल वितरण गरिएको हो । महिला जनचेतना केन्द्र काँकरभिट्टाकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा कचनकवल [...] The post झापा पाठामारीका १८६ एकल महिलालाई झुल appeared first on Jhapa Online.

Oct 28, 2024 - 01:08
 0
झापा पाठामारीका १८६ एकल महिलालाई झुल

बनियानी, १२ कात्तिक । महिला जनचेतना केन्द्र काँकरभिट्टा र कचनकवल गाउँपालिका–५ को संयुक्त आयोजनामा आइतबार झापाको पाठामारीमा १८६ एकल महिलालार्इ झुल वितरण गरिएको छ ।

टेवाको आर्थिक सहयोगमा महिला मानवीय संकट सहयोग अन्तरगत कचनकवल–५ पाठामारीका एकल महिलालार्इ झुल वितरण गरिएको हो । महिला जनचेतना केन्द्र काँकरभिट्टाकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी तथा विशिष्ठ अतिथीमा पालिका उपाध्यक्ष नवराज भट्टराई र ५ का वडा अध्यक्ष नुर आलम रहनुभएको थियो । त्यस्तै, कार्यपालिका सदस्य प्रभा राजबंशी महिला, सञ्जाल अध्यक्ष सेलेतुन खातुन लगायत आतिथ्यता रहेको थियो ।

कार्यक्रममा महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधानले स्वागत तथा कार्यक्रमको अ‍ौचित्य माथि प्रकाश पार्नुभएको थियो । लामखुट्टेको टोकाइबाट सर्ने रोगबाट बच्न सचेतना जगाउने तथा झुलको प्रयोगबाट विभिन्न विषालु कीरा लगायत टोकाइबाट बच्न मद्दत गर्छ भन्ने जनचेतना जगाउन झुल वितरण गरिएको संस्थापक अध्यक्ष राधा प्रधानले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष राजवंशीले पालिकाले महिलाको स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा प्राथमिकताका साथ काम गर्दै गरेको र आगामी दिनमा थप बजेटको व्यवस्था गरी कचनकवलका महिलाको चौतर्फी विकासमा काम गर्ने बताउनुभयो । कार्यक्रममा सहभागी एकल महिलाले महिला जनचेतना केन्द्रले गरेको सहयोग प्रति खुशी व्यक्त गर्नुभएको थियो ।

The post झापा पाठामारीका १८६ एकल महिलालाई झुल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register