यसकारण एकाबिहानै भेला भए सयौं काग

झापा, १४ कात्तिक । आज काग तिहार । काग तिहारको अवसरमा ‘२१औँ काग सम्मेलन’ गरिएको छ । विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलाल (कागे) ले काठमाडौंको नारायणहिटी अगाडि कागहरूलाई भेला गराएर सम्मेलन सम्पन्न गरेका हुन् । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा उनले कागको जस्तै आवाज निकालेर सयौँ [...] The post यसकारण एकाबिहानै भेला भए सयौं काग appeared first on Jhapa Online.

Oct 30, 2024 - 02:14
 0
यसकारण एकाबिहानै भेला भए सयौं काग

झापा, १४ कात्तिक । आज काग तिहार । काग तिहारको अवसरमा ‘२१औँ काग सम्मेलन’ गरिएको छ । विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलाल (कागे) ले काठमाडौंको नारायणहिटी अगाडि कागहरूलाई भेला गराएर सम्मेलन सम्पन्न गरेका हुन् ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराएका थिए । उनले सम्मेलनमा १ हजारको हाराहारीमा कागलाई भेला गराइएको समेत बताए ।

कागसँग उसको भाषा बुझेर, कागको स्वभावअनुसार बोलाउँदा कागलाई भेला गर्न सकिने उनले बताए । कागतिहारको दिन दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा छ।

The post यसकारण एकाबिहानै भेला भए सयौं काग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register