कुलमानविरुद्ध एक ठाउँमा उद्योगीहरु, भने- ‘प्रमाणबिना पैसा तिर्दैनौँ’

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको बक्यौता महशुल नतिरेको भन्दै उद्योगमा लाइन काटेपछि उद्योगी व्यवसायीहरु प्राधिकरणप्रति आक्रोशित भएका छन् । उद्योगी व्यवसायीहरुले पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग आक्रोश पोखेका हुन् ।  उनीहरुले लाल आयोगको प्रतिवेदन हुबहु कार्यान्वयन गरी विद्युत उपभोग गरेको प्रमाण दिन आग्रह गरेका छन् ।  प्राधिकरणले विद्युत महशुल […]

Oct 28, 2024 - 03:01
 0
कुलमानविरुद्ध एक ठाउँमा उद्योगीहरु, भने- ‘प्रमाणबिना पैसा तिर्दैनौँ’

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको बक्यौता महशुल नतिरेको भन्दै उद्योगमा लाइन काटेपछि उद्योगी व्यवसायीहरु प्राधिकरणप्रति आक्रोशित भएका छन् । उद्योगी व्यवसायीहरुले पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग आक्रोश पोखेका हुन् । 

उनीहरुले लाल आयोगको प्रतिवेदन हुबहु कार्यान्वयन गरी विद्युत उपभोग गरेको प्रमाण दिन आग्रह गरेका छन् । 

प्राधिकरणले विद्युत महशुल प्रयोग गरेको प्रमाण दिए वा लाल आयोगको प्रतिवदेन कार्यान्वयन गर्ने भए मात्रै बक्यौता तिर्न आफूहरु तयार रहेको बताएका छन् । उनीहरुले प्राधिकरणले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दा पनि बारम्बार विद्युत लाइन काटेर व्यवसायीहरुलाई थप पीडित बनाएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उद्योगी पशुपति मुरारकाले पैसा माग्ने प्राधिकरणले प्रमाण दिनुपर्ने बताए । उनले प्राधिकरणले विद्युत प्रयोग गरेको प्रमाण नदिने अनि बारम्बार विद्युत कटौती गर्नु व्यवसायीमाथि अन्याय भएको बताएका छन् । मुरारकाले झुटो बिल दिनु भन्दा आफूहरुविरुद्ध चोरीको मुद्दा लगाउन चुनौती दिएका छन् । उनले लाल आयोगले पैसा उठाउन भनेको भन्दै उक्त प्रतिवेदन हुबहु कार्यान्वयन गरे सबै पैसा एकैपटक तिर्नेसमेत बताएका छन् । 

त्यस्तै, उनले प्राधिकरणले किस्ताबन्दीमा पैसा दिन सुविधा दिने भने पनि व्यवसायीहरुलाई लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने र प्रमाण दिए किस्ताबन्दी नचाहिने उल्लेख गरेका छन् । प्राधिकरणले अनावश्यक रुपमा उद्योगको लाइन काट्दा ३ दर्जन उद्योगमा तालाबन्दीको अवस्था रहेको मुरारकाले बताएका छन् । 

त्यस्तै, उद्योगी ध्रुव थापाले प्राधिकरण नेतृत्वले उद्योगीको मनोबल गिराउने र हतोत्साही बनाउने काम गरेको आरोप लगाए । उनले प्राधिकरणले पटकपटक लाइन काट्दा उद्योगमैत्री वातावरण बिग्रिँदै गएको बताएका छन् । उद्योगीलाई हतोत्साही बनाएर मुलुकमा लगानी भित्रन नसक्ने थापाको भनाई छ । यता पत्रकार सम्मेलनमा बोल्दै उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले डेडिकेटेड ट्रंक लाइनको विषयलाई लिएर प्राधिकरणले उद्योगको विद्युत कटौती गर्दा व्यवसायीहरुलाई समस्या परेको बताएका छन् । उनले लाल आयोगले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेर विवाद समाधानमा सरकार लाग्नुपर्ने बताएका छन् । 

डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले बिहीवार राति ३४ वटा उद्योगमा बिजुली काटिदिएको थियो । यसअघि उद्योगहरुमा लाइन काटेको प्राधिकरणले बक्यौता तिर्न ३ महिनाको समय दिएर लाइन जोडिदिएको थियो । उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आफ्नो असक्षमताको पोल खुल्ने डरले उद्योग र उद्योगीविरुद्ध लागेको आरोप लगाएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register