‘मिस्ट्री गर्ल’लाई डेट गर्दै कार्तिक आर्यन !

काठमाडौं । भारतीय अभिनेता कार्तिक आर्यन विगत दुई वर्षदेखि आफू प्रेमसम्बन्धमा रहेको बताउँदै आएका छन् । तर, ‘भूल भुलैया ३’ मा आर्यनकी को-स्टार विद्या बालनले एउटा रोचक खुलासा गरेकी छन् । विद्याकाअनुसार कार्तिकको जीवनमा एक मिस्ट्री गर्ल छिन्, जससँग उनी फोनमा च्याट गरिरहन्छन् । आर्यनले सारा अली खानदेखि अनन्या पाण्डेसम्म सबैलाई डेट गरेका थिए । […]

Oct 28, 2024 - 09:07
 0
‘मिस्ट्री गर्ल’लाई डेट गर्दै कार्तिक आर्यन !

काठमाडौं । भारतीय अभिनेता कार्तिक आर्यन विगत दुई वर्षदेखि आफू प्रेमसम्बन्धमा रहेको बताउँदै आएका छन् ।

तर, ‘भूल भुलैया ३’ मा आर्यनकी को-स्टार विद्या बालनले एउटा रोचक खुलासा गरेकी छन् । विद्याकाअनुसार कार्तिकको जीवनमा एक मिस्ट्री गर्ल छिन्, जससँग उनी फोनमा च्याट गरिरहन्छन् ।

आर्यनले सारा अली खानदेखि अनन्या पाण्डेसम्म सबैलाई डेट गरेका थिए । तर, पछिल्ला दुई–तीन वर्षदेखि उनी आफूलाई सिंगल बताउँदै आएका छन् ।

तर, ‘भूल भुलैया ३’ को मञ्जुलिका अर्थात् विद्याले गर्दा नै अभिनेताको प्रेम जीवनलाई उजागर गरेको देखिन्छ ।

‘भूल भुलैया ३’को टिम ‘द ग्रेट इन्डियन कपिल शो’मा विद्याले ‘भूल भुलैया ३’ को सुटिङका ​​क्रममा कार्तिकको पक्कै पनि कसैसँग अफेयर भएको कुरा संकेत गरिन् ।

तर, विद्याले नाम भने खुलाएकी छैनन् । उनले भनेकी थिइन्, ‘उनी सधैं फोनमा हुन्थे । लव यू… मी टू… लव यू… मी टू… भन्थे ।’ शोमा विद्याले कार्तिकलाई केटीको नाम पनि सोध्छिन्, जसमा उनी लजाउँछन् ।

खैर, कार्तिक आर्यनको गर्लफ्रेन्डको लिस्ट निकै लामो भइसकेको छ । तर, तीमध्ये सारा अली खान, अनन्या पाण्डे र जान्हवी कपूरको नाम सबैभन्दा बढी चर्चामा थियो ।

तर, कार्तिकले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेनन् । तर, ‘कफी विथ करण’ को एक एपिसोडमा सारा र अनन्याले एकअर्कालाई ठट्टा गर्दै भनेका थिए, ‘दुबैले कसैलाई डेट गर्थे, जो सबैको एक्स हो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register