युरोप क्रिकेट प्रतिष्पर्धामा पहिलोपटक लन्डनको नेपाली क्लव बन्यो च्याम्पियन

लन्डन । युरोप क्रिकेटमा पहिलोपटक प्रतिष्पर्धा गरेको लन्डनस्थित नेपाली युवा सम्मिलित क्लव ‘माया क्रिकेट क्लव’ ले उपाधि जितेको छ ।  स्पेनमा गत २५ देखि २७ अक्टोबरसम्म भएको ‘ग्रानाडा सिक्स टुर्नामेन्ट’ मा माया च्याम्पियन बनेको हो ।   मायाले ८२ रनको लक्ष्य राखेको थियो जसमा आशिष कुर्मीले ३१, सचिनले १८ र प्रकाशले ८ रन बनाए । […]

Oct 28, 2024 - 09:42
 0
युरोप क्रिकेट प्रतिष्पर्धामा पहिलोपटक लन्डनको नेपाली क्लव बन्यो च्याम्पियन

लन्डन । युरोप क्रिकेटमा पहिलोपटक प्रतिष्पर्धा गरेको लन्डनस्थित नेपाली युवा सम्मिलित क्लव ‘माया क्रिकेट क्लव’ ले उपाधि जितेको छ । 

स्पेनमा गत २५ देखि २७ अक्टोबरसम्म भएको ‘ग्रानाडा सिक्स टुर्नामेन्ट’ मा माया च्याम्पियन बनेको हो ।  

मायाले ८२ रनको लक्ष्य राखेको थियो जसमा आशिष कुर्मीले ३१, सचिनले १८ र प्रकाशले ८ रन बनाए ।  

स्पेनका नुटले ६६ रन बनाउंदा मायाले १५ रनले फाइनलमा जित हात पार्‍यो ।

माया प्रतियोगिताभर अपराजित रहयो । ग्रानाडाका स्थानीय खेलप्रेमी माया क्लबका लागि निकै खुसी देखिन्थे र हर्षोल्लास गरिरहेका थिए । केही दर्शक मायाको ब्याटिङमा मात्रै बसेका थिए । दर्शकहरु सचिन, आशिष र प्रकाशको ब्याटिङको तारिफ गरिरहेका थिए ।

सर्वोत्कृष्ट बलर घोषित भएका प्रकाश विष्ट उत्कृष्ट ब्याट्सम्यान हुन भने थोरैले चुके ।

स्पेन टुर स्क्वाडमा आर्मीका पूर्व खेलाडी सचिन शर्मा, बेलायतमै नाम कमाएका अल राउण्डर आशिष कुर्मी, नेपालका अण्डर १९ पूर्व खेलाडी प्रकाश विष्ट, क्षेत्रीय खेलाडी चन्दन रावल, दिवस गिरी, विशाल बन्जाडे, मनोज गुरुङ र राज पाण्डे थिए ।

आफ्नो क्लवको जितमा माया क्रिकेट क्लवका संस्थापक एवं सञ्चालक राज पाण्डेले खुशी व्यक्त गरेका छन् ।

‘पहिलो अन्तर्राष्ट्रिय खेलमा नै ट्रफी घर ल्याउन पाउँदा माया क्रिकेट क्लब निकै उत्साहित छ । जीतका लागि हामी सहयोगी सबैप्रति आभार छौं’- पाण्डेले भने । उपाधि जितेर नेपाली क्रिकेटरहरूको प्रतिभा र जोशलाई अन्तर्राष्ट्रिय मञ्चमा देखाउने अवसर प्राप्त भएको पनि उनले बताए । 

ग्रानाडा सिक्स टुर्नामेन्टमा पोर्चुगल, स्पेन, यूके र माल्टाबाट १० टिमले प्रतिष्पर्धा गरेका थिए । ग्रुप ए र ग्रुप बी पुलमध्ये प्रत्येक पुलमा ५ टिम थिए र उनीहरुले एक अर्कासंग दुईपटक खेले । पहिलो ४ टिम सेमिफाइनलका लागि ‘क्वालिफाइ’ भएका थिए ।

खेलाडीलाई एचटीआर केयर, क्याटलिष्ट आइटी कन्सल्टेन्सी, द गोर्खा सेन्टर, नेपाली बियर, जिएनएस चार्टर्ड अकाउन्टेन्ट्स, सलाद मास्टर, मोडर्न डोमेष्टिक प्लम्बिङ एण्ड हिटिङ, मामाज् हन्स्लो, आर के अटो वर्कस, रियल ड्रिम्स्, केटिएम ट्राभल्स् एण्ड टुर्स, हाउस क्रिकेट एकेडेमी (एचसीए), हिरेन पटेल सोलिसिटर्स र आइ कन्सट्रक्सनले आर्थिक सहयोग गरेका छन् भने विश्वका उत्कृष्ट टी २० बलर अदिल रसिदले सफलताको शुभकामना दिएका थिए ।

लन्डनका नेपाली व्यवसायीद्वारा सन् २०२४ मा स्थापना भएको माया क्रिकेट क्लवले बेलायतका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

क्लबले पोखरेली मञ्च यूकेको आयोजनमा अगस्ट अन्तिम साता रेडिङमा सम्पन्न ‘पीपल नेपालकप क्रिकेट प्रतियोगिता’ को सातौं संस्करणको उपाधि जितेको थियो ।

क्लवले नेपाली युवालाई अन्तर्राष्ट्रिय क्रिकेटरबाट हाउस अफ क्रिकेट एकेडेमीमा निशुल्क प्रशिक्षण समेत दिलाउंदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register