किर्ते दस्तखत, छाप चलानी प्रयोग गरेर रकम हिनामिना 

रौतहट  ।  किर्ते दस्तखत छाप प्रयोग गरेर यहाँको  एक विद्यालयका प्रधानाध्यापकले भवन निर्माणको रकम अपचलन गरेको खुलेको छ । राष्ट्रिय वाणिज्य बैकमा रहेको विद्यालयको खातामा चार कोठे भवन निर्माणका लागि राष्ट्रिय योजना आयोगको बिशेष अनुदानको ५३ लाख ९८ हजार २ सय ८९ रुपैयाँ  ५२ पैसा मध्ये चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरीलाल पुरीको किर्ते […]

Oct 28, 2024 - 10:42
 0
  किर्ते दस्तखत, छाप चलानी प्रयोग गरेर रकम हिनामिना 

रौतहट  ।

 किर्ते दस्तखत छाप प्रयोग गरेर यहाँको  एक विद्यालयका प्रधानाध्यापकले भवन निर्माणको रकम अपचलन गरेको खुलेको छ । राष्ट्रिय वाणिज्य बैकमा रहेको विद्यालयको खातामा चार कोठे भवन निर्माणका लागि राष्ट्रिय योजना आयोगको बिशेष अनुदानको ५३ लाख ९८ हजार २ सय ८९ रुपैयाँ  ५२ पैसा मध्ये चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरीलाल पुरीको किर्ते दस्तखत र नगरपालिकाको नक्कली छाप र चलानी बनाई श्री आधारभूत स्कुल चन्द्रपुर–५ राजपैडाका प्रधानाध्यापक किशोरी चौधरीले मूल्य  अभिबृध्दि करसहित २३ लाख ८ हजार ४ सय ७३ रुपैयाँ  अपचलन गरेको खुलेको हो ।

 चन्द्रपुर नगरपालिकाले विद्यालयको चार कोठे भवन निर्माण गर्न ०८० असार २० गते ब्रम्हबाबा कन्स्ट्रक्सन चन्द्रपुर–१ संग सम्झौता गरी निर्माण कार्य सम्पन्न गरिसक्दा समेत विद्यालयका प्रधानाध्यापक चौधरीले रकम भुक्तानी गर्न अस्वीकार गर्दै आएका थिए । उनले भवन निर्माणको रकम निर्माण ब्यबसायीलाई भुक्तानी गर्नुको बदला ०८० पौष १८ गते २० लाख निकालेर निजी प्रयोजनमा खर्च गरेको पाइएको हो । निर्माण व्यवसायी लाई निर्माण कार्यको रनिङ्ग बिलको रकम दुई पटक भुक्तानी गर्दा कट्टा भएको मूल्य अभिबृध्दि कर आन्तरिक राजश्व कार्यालयमा जम्मा गर्नु पर्ने ३ लाख ३८ हजार ४ सय ७३ रुपैयाँसमेत अपचलन गरेको खुलेको छ। 

 विद्यालयको खातामा रकम जम्मा गरेपछि चन्द्रपुर नगरपालिकाले बैकलाई पत्राचार गर्दै रकम रोक्का राखेको थियो । सो रकम चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको किर्ते दस्तखत छाप र चलानी नम्बर प्रयोग गर्दै राष्ट्रिय वाणिज्य बैकबाट रकम फुकुवाको ब्यहोराको चिठी बनाएर प्रधानाध्यापक चौधरीले रकम हिनामिना गरेको खुलेको हो ।

 यस सम्बन्धमा विद्यालयका प्रधानाध्यापक किशोरी चौधरीले गल्ती भएको स्वीकार गरे । प्रधानाध्यापक चौधरीले रकम फुकुवाको लागि राष्ट्रिय वाणिज्य बैकमा बुझाएको चन्द्रपुर नगरपालिकाको पत्रमा ११३१ नम्बरको चलानी लेखिएपनि नगरपालिकाको उक्त चलानी नम्बरमा साधन प्रयोगको लागि साहिल ट्रेड एण्ड सप्लार्यस चन्द्रपुुर–४ रहेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण नीधि तिबारीले किर्ते कागजपत्रको आधारमा रकम हिनामिना गर्ने प्राध्यानाध्यापकलाई कानुनी कारबाही गरिने बताए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register