मीनबहादुर गुरुङले दान दिएको जग्गा हक हस्तान्तरण नगर्न सर्वोच्चको आदेश 

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरुङले दान दिएको जग्गा हक हस्तान्तरण नगर्न आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उक्त अल्पकालीन अन्तरिम आदेश दिएको हो ।  उक्त आदेशसँगै सर्वोच्चले निवेदक ज्ञान बस्नेत र विपक्षी नेकपा एमाले र व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ । जग्गा दानको विवादमा दुवै पक्षबीच […]

Oct 28, 2024 - 12:13
 0
मीनबहादुर गुरुङले दान दिएको जग्गा हक हस्तान्तरण नगर्न सर्वोच्चको आदेश 

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरुङले दान दिएको जग्गा हक हस्तान्तरण नगर्न आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उक्त अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

उक्त आदेशसँगै सर्वोच्चले निवेदक ज्ञान बस्नेत र विपक्षी नेकपा एमाले र व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ ।

जग्गा दानको विवादमा दुवै पक्षबीच छलफल नहुँदासम्म एमालेको पार्टी कार्यालय निर्माणका लागि भन्दै गुरुङ दान दिएको जग्गाको हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो । 

त्यस्तै, अदालतले जग्गा लिने र दिने दुवै पक्ष (नेकपा एमाले र व्यवसायी मीनबहादुर गुरुङ)लाई त्यसको कारण देखाउन मागसमेत गरेको छ । गुरुङले एमालेलाई कलंकीमा पार्टी कार्यालय निर्माणका लागि जग्गा दान गर्नुका साथै दशैँको फूलपातीको दिन पार्टी कार्यालयको शिलान्याससमेत गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register