इरानी तेल संरचनामा इजरायली आक्रमण नभएपछि तेलको मूल्यमा गिरावट

टोक्यो । इजरायलले शनिबार इरानका सैन्य लक्ष्यहरूमा गरेको आक्रमणले देशको तेल संरचनाहरूलाई बचाएपछि सोमबार एसियाली कारोबारको सुरुआतमै तेलको मूल्यमा गिरावट आएको छ । इरानी तेल संरचनाहरूमा इजरायली आक्रमण नभएपछि व्यापारीहरूले राहत महसुस गरेसँगै तेलको मूल्यमा गिरावट आएको हो । डिसेम्बर डेलिभरीका लागि नर्थ सी ब्रेन्टको मूल्य चार दशमलव शून्य पाँच प्रतिशतले घटेर प्रतिब्यारेल चार सय […]

Oct 28, 2024 - 15:25
 0
इरानी तेल संरचनामा इजरायली आक्रमण नभएपछि तेलको मूल्यमा गिरावट

टोक्यो । इजरायलले शनिबार इरानका सैन्य लक्ष्यहरूमा गरेको आक्रमणले देशको तेल संरचनाहरूलाई बचाएपछि सोमबार एसियाली कारोबारको सुरुआतमै तेलको मूल्यमा गिरावट आएको छ । इरानी तेल संरचनाहरूमा इजरायली आक्रमण नभएपछि व्यापारीहरूले राहत महसुस गरेसँगै तेलको मूल्यमा गिरावट आएको हो ।

डिसेम्बर डेलिभरीका लागि नर्थ सी ब्रेन्टको मूल्य चार दशमलव शून्य पाँच प्रतिशतले घटेर प्रतिब्यारेल चार सय ७२ दशमलव ९७ डलरमा झरेको छ । वेस्ट टेक्सास इन्टरमिडिएट चार दशमलव १९ प्रतिशतले घटेर चार सय ६८ दशमलव ७७ डलर कायम भएको छ ।

इजरायलले सप्ताहन्तमा इरानका विभिन्न प्रान्तमा रहेका क्षेप्यास्त्र कारखाना र सैन्य सुविधाहरूमा आक्रमण गरेको बताएको छ ।

“इजरायलको आक्रमणले ऊर्जा स्थलहरूलाई सावधानीपूर्वक बचाउँदै इरानसँगको पूर्ण युद्धको डरलाई कम गरेको छ”, एसपीआई एसेट म्यानेजमेन्टका विश्लेषक स्टिफन इन्नेसले भने, “अझ धेरै स्पष्ट प्रतिक्रिया इरानको छ । आफ्ना चेतावनीहरूले इजरायलको कुनै पनि आक्रामक कारबाहीलाई रोक्न सक्छ भन्दै इरानले आक्रमणको प्रभावलाई कम आँकलन गरेको छ । यसले आगामी दिनहरूमा तेलको जोखिम प्रिमियममा सम्भावित निरन्तर घटाउने अवस्था सिर्जना गर्दछ ।”

उनका अनुसार तनाव थप कम भएमा मूल्यमा गिरावट जारी रहन सक्छ । व्यापारीहरूले सन् २०२५ को आपूर्ति बढीको सम्भावनामा ध्यान केन्द्रित गरिरहेकाले सम्भवतः प्रतिब्यारेल चार सय ६० डलरसम्म झर्न सक्छ । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register