सेयर बजारमा हरियाली, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४६ दशमलव ६९ अंकले बढेर २६९२ दशमलव ०५ को विन्दुमा पुगेको छ । ३१९ कम्पनीका ६८ हजार ६ सय १४ पटकको कारोबारमा १ करोड ३३ लाख ७३ हजार ४ सय ८१ कित्ता सेयर खरिद बिक्री भएको छ […]

Oct 29, 2024 - 09:37
 0
सेयर बजारमा हरियाली, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४६ दशमलव ६९ अंकले बढेर २६९२ दशमलव ०५ को विन्दुमा पुगेको छ ।

३१९ कम्पनीका ६८ हजार ६ सय १४ पटकको कारोबारमा १ करोड ३३ लाख ७३ हजार ४ सय ८१ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५ सय ८० रुपैयाँ रहेको छ। त्यस्तै, २२१ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
१३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा निर्जीवन बीमा कम्पनी सर्वाधिक बढेको छ ।

मंगलबार सप्तकोशी विकास बैंक, सानिमा जीआइसी इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । भने, कर्पोरेट विकास बैंकका लगानीकर्ताले पनि ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । आज समृद्धि फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register