मालपोतका कर्मचारी सरुवामा चलखेल भएको भन्दै छानबिन सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका तत्कालीन महानिर्देशक कृष्णप्रसाद सापकोटाले ४ सयभन्दा बढी कर्मचारी एकैपटक सरुवा गरेको विषयमा छानबिन थालेको छ । सापकोटाले काठमाडौं उपत्यकाका भक्तपुर, कलंकी, ललितपुर, र डिल्लीबजारजस्ता जग्गा किनबेचको कारोबार बढी हुने स्थानहरूमा आफू निकट कर्मचारीलाई सरुवा गरेको आरोप लागेपछि मन्त्रालयले यो कदम चालेको  […]

Oct 27, 2024 - 04:43
 0
मालपोतका कर्मचारी सरुवामा चलखेल भएको भन्दै छानबिन सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका तत्कालीन महानिर्देशक कृष्णप्रसाद सापकोटाले ४ सयभन्दा बढी कर्मचारी एकैपटक सरुवा गरेको विषयमा छानबिन थालेको छ ।

सापकोटाले काठमाडौं उपत्यकाका भक्तपुर, कलंकी, ललितपुर, र डिल्लीबजारजस्ता जग्गा किनबेचको कारोबार बढी हुने स्थानहरूमा आफू निकट कर्मचारीलाई सरुवा गरेको आरोप लागेपछि मन्त्रालयले यो कदम चालेको  हो ।

छानबिनका लागि मन्त्रालयले सहसचिव मदन कोइरालाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिले सरुवा प्रक्रिया निजामती कर्मचारी ऐन, नियमावली, र मालपोतको स्थापित परम्पराअनुसार भएको हो वा छैन भन्ने अध्ययन गर्नेछ । प्रतिवेदन बुझाउन १० दिनको समय तोकिएको छ ।

सापकोटाले गत असोज १४ र १५ गते ४५ शाखा अधिकृत, २२५ नायब सुब्बा, १०४ खरिदार, र ४४ कम्प्युटर अपरेटरसहित ४१८ जनाको सरुवा गरेका थिए, जसलाई अनियमितता र आर्थिक चलखेलको रूपमा हेरिएको छ ।

कर्मचारीहरूले यो निर्णयप्रति कडा असन्तुष्टि जनाउँदै अभिलेख विभागमा धर्ना दिएका थिए, जसका कारण सापकोटा कार्यालयमा जान छाडेका थिए ।

गत कात्तिक १ मा मन्त्रिपरिषद्ले सापकोटालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेपछि विवाद केही थामिएको थियो, तर कर्मचारीहरूले हालसम्म पनि सरुवा रद्दको माग राखेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register