नेपालको विपद् व्यवस्थापनमा सघाउन विश्व बैंकले २० अर्ब रुपैयाँ दिँदै

काठमाडौं । नेपाल सरकारलाई विपद् व्यवस्थापनमा सघाउन विश्व बैंकले २० अर्ब रुपैयाँ दिने भएको छ । प्राकृतिक तथा जलवायुजन्य जोखिम सामनाका लागि रकम उपलब्ध गराउने कोषअन्तर्गत विश्व बैंकले नेपाललाई करिब २० अर्ब रुपैयाँ (१५ करोड अमेरिकी डलर) ऋण सहयोग दिने सम्बन्धमा सम्झौता भएको हो । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी […]

Oct 29, 2024 - 11:55
 0
नेपालको विपद् व्यवस्थापनमा सघाउन विश्व बैंकले २० अर्ब रुपैयाँ दिँदै

काठमाडौं । नेपाल सरकारलाई विपद् व्यवस्थापनमा सघाउन विश्व बैंकले २० अर्ब रुपैयाँ दिने भएको छ । प्राकृतिक तथा जलवायुजन्य जोखिम सामनाका लागि रकम उपलब्ध गराउने कोषअन्तर्गत विश्व बैंकले नेपाललाई करिब २० अर्ब रुपैयाँ (१५ करोड अमेरिकी डलर) ऋण सहयोग दिने सम्बन्धमा सम्झौता भएको हो ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा विश्व बैंक र नेपाल सरकारबीच सम्झौता भएको छ ।

उक्त सम्झौता अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

बजेटरी सहायताको रूपमा उपयोग हुने उक्त रकम विपद् पुनर्स्थापना, पुनरुत्थान र पुनर्निर्माणमा उपयोग हुने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register