धनतेरसको रौनकः भाँडा पसलमा नयाँ भाँडाकुँडा किन्नेको भीड, व्यापारीलाई भ्याइनभ्याई (तस्विरहरु)

काठमाडौँ । आजदेखि नेपालीहरुको दोस्रो ठुलो चाड तिहार सुरु भएको छ । धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन अनुसार आज नयाँ भाडा किनबेचका लागि चहलपहल बढेको छ । विशेषगरी दीपावलीको किनमेलको लागि आजको दिन उत्तम अनि शुभ मानिन्छ । धार्मिक मान्यता अनुसार धनतेरसको दिन कमलको पुष्पाशनमा विराजमान माता लक्ष्मी र गणेशको […]

Oct 29, 2024 - 11:55
 0
धनतेरसको रौनकः भाँडा पसलमा नयाँ भाँडाकुँडा किन्नेको भीड, व्यापारीलाई भ्याइनभ्याई (तस्विरहरु)

काठमाडौँ । आजदेखि नेपालीहरुको दोस्रो ठुलो चाड तिहार सुरु भएको छ । धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन अनुसार आज नयाँ भाडा किनबेचका लागि चहलपहल बढेको छ ।

विशेषगरी दीपावलीको किनमेलको लागि आजको दिन उत्तम अनि शुभ मानिन्छ ।

धार्मिक मान्यता अनुसार धनतेरसको दिन कमलको पुष्पाशनमा विराजमान माता लक्ष्मी र गणेशको मूर्ति वा तस्वीर घर भित्र्याउन निकै फलदायी हुनेछ । दिन हिन्दु धर्मावलम्बीहरूले आयुर्वेदका प्रवर्तक धनवन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने गर्दछन् ।

आज परेको यो दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने धार्मिक विश्वाससमेत रहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register