फेरि बन्यो भूमि आयोग, हरिप्रसाद रिजाललाई नेतृत्व

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगमा सनत कार्की, अनिलकृष्ण प्रसाईं, डा जगतबहादुर बस्नेत, टेक बहादुर शाह, गुञ्जबहादुर खड्का, गोबर्द्धन काली र आरती भण्डारी सदस्य रहेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित […]

Oct 29, 2024 - 15:37
 0
फेरि बन्यो भूमि आयोग, हरिप्रसाद रिजाललाई नेतृत्व

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको हो ।

आयोगमा सनत कार्की, अनिलकृष्ण प्रसाईं, डा जगतबहादुर बस्नेत, टेक बहादुर शाह, गुञ्जबहादुर खड्का, गोबर्द्धन काली र आरती भण्डारी सदस्य रहेका छन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने कार्यादेशसहित नयाँ आयोग गठन गरिएको हो ।

यसअघि आयोग गठनका लागि मन्त्रिपरिषदबाट जारी भएको गठन आदेश अनुसार आयोगले काम गर्ने सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए

नयाँ सरकार बनेसँगै नयाँ नियुक्ति हुने क्रम चलेसँगै ३० चैतमा सर्वोच्च अदालतका न्यायधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले नयाँ भूमि आयोग गठन नगर्न आदेश दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register