सामाजिक सञ्जालभर ‘प्रधानमन्त्री उपस्थित भएकाले नेपालले खेल हार्‍यो’ भन्ने घुइरो, ‘नकारात्मकता बीजारोपण’ भएको एमालेको टिप्पणी

काठमाडौं । बिहीबार (हिजो) साफ महिला च्याम्पियनसिपअन्तर्गत उपाधिका लागि नेपाल र बंगलादेशबीच खेल भयो । बंगलादेशले उपाधि हात पार्दा नेपालले उपविजेतामै चित्त बुझायो । काठमाडौंको रंगशालामा भएको उक्त खेलमा हेर्ने र पुरस्कार वितरण गर्ने प्रयोजनसहित प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी भएका थिए । यसपछि सामाजिक सञ्जालभरि ‘प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएकाले नेपालले खेल हार्‍यो’ […]

Oct 31, 2024 - 02:14
 0
सामाजिक सञ्जालभर ‘प्रधानमन्त्री उपस्थित भएकाले नेपालले खेल हार्‍यो’ भन्ने घुइरो, ‘नकारात्मकता बीजारोपण’ भएको एमालेको टिप्पणी

काठमाडौं । बिहीबार (हिजो) साफ महिला च्याम्पियनसिपअन्तर्गत उपाधिका लागि नेपाल र बंगलादेशबीच खेल भयो ।

बंगलादेशले उपाधि हात पार्दा नेपालले उपविजेतामै चित्त बुझायो । काठमाडौंको रंगशालामा भएको उक्त खेलमा हेर्ने र पुरस्कार वितरण गर्ने प्रयोजनसहित प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी भएका थिए ।

यसपछि सामाजिक सञ्जालभरि ‘प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएकाले नेपालले खेल हार्‍यो’ भन्ने घुइरो चल्यो । त्यसको व्यक्तता खेल हेरिरहेका प्राय:को स्टाटसमा देखिन्थ्यो । कतिपयले त प्रधानमन्त्री ओलीका प्रति अभद्र र अस्वाभाविक भाषासमेत प्रयोग गरे ।

खेलमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : नेपालभ्युज/सरोज बस्नेत ।

धेरैले प्रधानमन्त्री ओलीका प्रति ‘पनौती’ भनेर टिप्पणी गरेका छन् । एक प्रयोगकर्ता फेसबूकमा नाम नलिइकन लेख्छन्, “पनौती भयो । उनी सहभागी नहुनुभएको भए नेपालले खेल जित्य्थ्यो ।”

यो एउटा प्रतिनिधि स्टाटस मात्रै हो, अरु सयौंले यसै र योभन्दा बढी अभद्र भाषा प्रयोग गरेर स्टाटस लेखेका छन् ।

बंगलादेशका खेलाडीसँग प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : नेपालभ्युज/सरोज बस्नेत ।

प्रधानमन्त्री ओलीको दल नेकपा (एमाले) ले भने यसलाई ‘नकरात्मकताको बीजारोपण’ भनेको छ । यसबारे प्रतिक्रिया दिँदै एमाले नेता महेशकुमार बर्तौलाले भने, “यो नकारात्मकताको बीजारोपणबाहेक केही होइन ।”

उनले थप प्रष्ट्याए, “खेलमा खेलकै कुरा र समीक्षा हुनुपर्छ । राजनीतिमा राजनीतिकै कुरा र समीक्षा हुनुपर्छ । हामीकहाँ अनुशासनहीनता देखियो । जे नहुनुपर्ने हो, त्यो भयो ।”

त्यसो त प्रधानमन्त्री ओलीका प्रति त्यहाँ नाराबाजीसमेत भएको थियो अन्तिममा । त्यसप्रति पनि इङ्गित गर्दै बर्तौलाले भने, “केही नयाँ भनिने दल, नेताहरूले त्यस्ता घटना घटाएका हुन् । उहाँ (प्रधानममन्त्री केपी शर्मा ओली) खेलाडीहरूको प्रोत्साहनका लागि जानुभएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register