रक्षामन्त्रीको प्रष्टोक्ति- भरपर्दो भएकैले कठिन विकास निर्माणका काम सेनालाई दिइन्छ

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाली सेना भरपर्दो भएकैले कठिन विकास निर्माणका कामहरू दिने गरिएको प्रष्टोक्ति दिएका छन् । मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले राखेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले यस्तो बताएका हुन् । “नेपाली सेना भरपर्दो छ, त्यसैले कठिन विकास निर्माणका कामहरू दिने गरिन्छ,” मन्त्री राईले भने, “ज्यादै कठिन विकास निर्माणका […]

Oct 22, 2024 - 11:19
 0
रक्षामन्त्रीको प्रष्टोक्ति- भरपर्दो भएकैले कठिन विकास निर्माणका काम सेनालाई दिइन्छ

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाली सेना भरपर्दो भएकैले कठिन विकास निर्माणका कामहरू दिने गरिएको प्रष्टोक्ति दिएका छन् ।

मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले राखेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले यस्तो बताएका हुन् ।

“नेपाली सेना भरपर्दो छ, त्यसैले कठिन विकास निर्माणका कामहरू दिने गरिन्छ,” मन्त्री राईले भने, “ज्यादै कठिन विकास निर्माणका कामहरूमा हामीले नेपाली सेनाको सहयोग लिने गरेका छौँ ।”

उनले ती कामहरूलाई नेपाली सेनाले कुशलतापूर्वक गरिरहेको समेत बताए । सडक निर्माणको काम नेपाली सेनाले गरेकैले मुलुकका धेरै जिल्लाका सदरमुकाम सडक सञ्जालसँग जोडिएको उनले बताए ।

उनले भने, “यसले नेपाली सेनालाई अप्ठ्यारो पार्ने वा बदनाम गराउनेभन्दा पनि राम्रै गरिरहेको छ । किनभने नेपाली सेनाले राम्रो काम गरिरहेको छ ।”

उनले व्यक्तिगत रूपमा नेपाली सेनालाई बदनाम गराउने वा अप्ठ्यारो पार्ने मनस्थितिमा नरहेको बताए ।

  • सम्बन्धित समाचार

रक्षामन्त्री राई भन्छन्- जनता र राष्ट्रको सुरक्षामा बिना विवाद काम गर्ने प्रयास गरिरहेको छु

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register