साफ च्याम्पियनसिपमा नेपाल हारेको प्रसङ्गमा बाबुरामको ‘पाठ’ : खेल र राजनीति सामूहिकताले चल्छन्

काठमाडौं । पूर्वप्रधान्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले खेल, राजनीति सामूहिकताले मात्रै सम्भव हुने बताएका छन् । साफ महिला च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा बंगलादेशसँग हारेको नेपाली टोलीलाई सहानुभूति दिँदै भट्टराईले यस्तो बताएका हुन् । उनले आफ्नो आधिकारिक एक्समा लेखेका छन्, “पाठ- खेल, राजनीति, व्यवसाय, युद्ध, परिवार सामूहिकताले चल्छन् । अत: सबैतिर हिरो/हिरोइन […]

Oct 31, 2024 - 03:32
 0
साफ च्याम्पियनसिपमा नेपाल हारेको प्रसङ्गमा बाबुरामको ‘पाठ’ : खेल र राजनीति सामूहिकताले चल्छन्

काठमाडौं । पूर्वप्रधान्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले खेल, राजनीति सामूहिकताले मात्रै सम्भव हुने बताएका छन् ।

साफ महिला च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा बंगलादेशसँग हारेको नेपाली टोलीलाई सहानुभूति दिँदै भट्टराईले यस्तो बताएका हुन् ।

उनले आफ्नो आधिकारिक एक्समा लेखेका छन्, “पाठ- खेल, राजनीति, व्यवसाय, युद्ध, परिवार सामूहिकताले चल्छन् । अत: सबैतिर हिरो/हिरोइन पूजा गर्नु सट्टा टिम र संस्था निर्माण गर्न ध्यान दिउँ ।”

उनले बंगलादेशको जितलाई ‘सामूहिक कर्म’को फल भनेका छन् । नेपाली टोलीलाई सहानुभूति दिने क्रममा उनले भनेका छन्, “भनिन्छ- हारेको सेनाले बढी सिक्छ । हामीले पनि सिक्नुपर्छ र अर्कोचोटि जित्ने कोसिस गर्नुपर्छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register