चीनको ‘बीआरआई’मा सामेल हुन ब्राजिलद्वारा अस्वीकार

काठमाडौं । साउथ चाइना मोर्निङ पोष्टका अनुसार ब्राजिलले चीनको बहुचर्चित विश्व परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ (बीआरआई) मा सामेल हुन अस्वीकार गरेको छ । हालै ब्रिक्स शिखर सम्मेलनमा रुसमा यी देशका शीर्ष नेताबीच भेटघाट भएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङ र ब्राजिली समकक्षी लुइस इनासियो लुला दा सिल्भाबीचको भेटले ब्राजिललाई बीआरआईमा सामेल हुन प्रेरित […]

Oct 31, 2024 - 09:20
 0
चीनको ‘बीआरआई’मा सामेल हुन ब्राजिलद्वारा अस्वीकार

काठमाडौं । साउथ चाइना मोर्निङ पोष्टका अनुसार ब्राजिलले चीनको बहुचर्चित विश्व परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ (बीआरआई) मा सामेल हुन अस्वीकार गरेको छ ।

हालै ब्रिक्स शिखर सम्मेलनमा रुसमा यी देशका शीर्ष नेताबीच भेटघाट भएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङ र ब्राजिली समकक्षी लुइस इनासियो लुला दा सिल्भाबीचको भेटले ब्राजिललाई बीआरआईमा सामेल हुन प्रेरित गर्ने अपेक्षा गरिएको थियो ।

तर, मोर्निङ पोष्टअनुसार ब्राजिल सरकारले बीआरआई परियोजनामा विधिवत् सामेल हुनुको साटो चीनसँग वैकल्पिक तरिकाबाट वित्तिय सहयोग र लगानी सहकार्य गर्ने निर्णय लिएको हो ।

सोमबार ब्रासिलियामा लुला सरकारका एक सल्लाहकारले पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गरेका थिए । राष्ट्रपति लुलाका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार सेल्सो अमोरिमले पत्रकार सम्मेलनमा भने–‘हामी बीआरआईमा हस्ताक्षर गर्दैनौँ, त्यसको साटो सहयोग, सहकार्य र चिनियाँ लगानीका वैकल्पिक उपायको खोजी गर्नेछौं।’

पछिल्ला केही वर्षयता चीन–ब्राजिल सम्बन्ध समधुर हुँदै गएको अनुमान थियो । तर, आगामी नोबम्बर २० मा ब्राजिलमा चिनियाँ राष्ट्रपति सीको भ्रमण मिति तय भएको भोलीपल्ट ब्राजिलले यस्तो धारणा सार्वजनिक गरेको हो ।सल्लाहकार अमोरिमले भने–‘ब्राजिल बिमा नीति अन्तर्गत चिनियाँ पूर्वाधार र व्यापार प्राप्त गर्न चाहँदैन।’

ब्राजिलको विदेश मन्त्रालयले चीनको बीआरआई परियोजनामा सामेल हुनु देशको हितमा नहुने निष्कर्ष समेत निकालेको छ । एकातिर चीनसँग तत्काल प्रतिफल नदिने दीर्घकालिन र महङ्गा परियोजना प्रस्ताव भएको र त्यसको मूल्यमा अमेरिकासँगको सम्बन्ध बिग्रन सक्ने भन्दै ब्राजिल यस्तो निष्कर्षमा पुगेको हो ।

पोष्टका अनुसार सल्लाहकार अमोरिमले गत हप्ता बेइजिङको भ्रमण गरेका थिए । उनले बीआरआई परियोजनाका सम्भावना र प्रतिफलबारे चिनियाँ अधिकारीसँग व्यापक छलफल गरे । तर, उनी चिनियाँ प्रस्तावप्रति विश्वस्त हुन सकेनन् । सल्लाहकार अमोरिमसँगको बेइजिङ भ्रमणमा राष्ट्रपति लुलाका मुख्य सचिव रुइ कोस्टा पनि सामेल थिए ।

प्रस्तावित चिनियाँ परियोजनाको लागत धान्न ब्राजिलका लागि सहज नहुने र ऋणको पासो कसिलो हुन सक्ने भन्दै ब्राजिल यस्तो निष्कर्षमा पुगेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register