सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं। उक्त स्थानमा मोटरसाइकलले बसलाई ओभरट्याक गर्ने क्रममा मोटरसाइकल बसमा ठक्कर खाँदा बस अनियन्त्रित भई ने.१ ह १९८१ नम्बरको ई-रिक्सासँग ठोक्किएर दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका ई-रिक्सा चालक र ई-रिक्सामा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त स्थानमा मोटरसाइकलले पैदल यात्रीलाई […]

Nov 1, 2024 - 11:38
 0
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं।

बाँके, नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोक नजिक भे.३ प २४३० नम्बरको मोटरसाइकल भे.१ ख २२३० नम्बरको बससँग ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१८ भुजगाउँ बस्ने ३० वर्षीय जितराम शाहुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त स्थानमा मोटरसाइकलले बसलाई ओभरट्याक गर्ने क्रममा मोटरसाइकल बसमा ठक्कर खाँदा बस अनियन्त्रित भई ने.१ ह १९८१ नम्बरको ई-रिक्सासँग ठोक्किएर दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका ई-रिक्सा चालक र ई-रिक्सामा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रे, भुम्लु गाउँपालिका-१० स्थित सडकमा जिरो किलोबाट दोलालघाटतर्फ जाँदै गरेको बा.प्र.०२-०२५ प ८७७६ नम्बरको स्कुटर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक पाँचखाल नगरपालिका-२ बस्ने २२ वर्षीय विशाल चौलागाईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

पाल्पा, माथागढी गाउँपालिका-२ फेदी भन्ने स्थानमा लु.२ ख १४५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५३ वर्षीय टेक बहादुर ढेगाको बिहीबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

चितवन, भरतपुर महानगरपालिका-२२ अम्रेलास्टेट नजिक बा.प्र.०२-०५१ प १०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका-२२ बस्ने ३१ वर्षीय अशोक भुजेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

नुवाकोट, लिखु गाउँपालिका-६ दोबाटेस्थित सडकमा बा.६२ प २८७९ नम्बरको मोटरसाइकल बा.५ ख ७०१६ नम्बरको ट्रकसँग ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार तादी गाउँपालिका-३ बस्ने ३६ वर्षीय बिनोद चौलागाई मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । 

उक्त स्थानमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र र पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register