जापानमा साइकल चलाउँदा मोबाइल चलाउनेलाई ६ महिनाको जेल सजाय

काठमाडौँ ।  जापानमा साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई ६ महिनासम्म जेल सजाय हुन सक्ने नियम लागू गरिएको छ । शुक्रबारदेखि लागू भएको नयाँ नियमअनुसार जापानको संशोधित सडक कानुनको उल्लङ्घन गर्नेहरूलाई अधिकतम छ महिनाको जेल सजाय वा एक लाख जापानी यान जरिवाना हुने भएको छ । जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार कोरोना महामारीको समयमा मानिसहरूले सार्वजनिक […]

Nov 1, 2024 - 16:20
 0
जापानमा साइकल चलाउँदा मोबाइल चलाउनेलाई ६ महिनाको जेल सजाय

काठमाडौँ ।

 जापानमा साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई ६ महिनासम्म जेल सजाय हुन सक्ने नियम लागू गरिएको छ ।

शुक्रबारदेखि लागू भएको नयाँ नियमअनुसार जापानको संशोधित सडक कानुनको उल्लङ्घन गर्नेहरूलाई अधिकतम छ महिनाको जेल सजाय वा एक लाख जापानी यान जरिवाना हुने भएको छ । जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार कोरोना महामारीको समयमा मानिसहरूले सार्वजनिक यातायातको सट्टा साइकल बढी प्रयोग गर्न थालेका छन्।

त्यसपछि जापानमा साइकल यात्रुको दुर्घटना बढेको छ । जापानमा लागू भएको यो नयाँ नियमअनुसार साइकल चलाउँदा मदिरा सेवन गरेमा तीन वर्षसम्मको सजाय र ५ लाख यान जरिवानाको व्यवस्था गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार जापानमा २०२३ मा ७२ हजार भन्दा बढी साइकल दुर्घटनाहरू रेकर्ड भएका थिए, जुन देशमा हुने सबै ट्राफिक दुर्घटनाको २० प्रतिशतभन्दा बढी हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register