गढीमाई मन्दिरमा दर्शनार्थीको सिक्री चोरीः सीसीटीभीबाट पहिचान गरी तीन आरोपी पक्राउ

काठमाडौं– बाराको बरियारपूरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शनार्थीको सुनको सिक्री चोरी गरेको आरोपमा पर्साका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका—१६ बस्ने शम्भु राय, सन्दीप राय र पर्सा पकहाँमैनपुर गाउँपालिका– ५ का पवन यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए । शनिबार मन्दिरमा आएका एक दर्शनार्थीको सुनको सिक्री […]

Nov 4, 2024 - 00:21
 0
गढीमाई मन्दिरमा दर्शनार्थीको सिक्री चोरीः सीसीटीभीबाट पहिचान गरी तीन आरोपी पक्राउ

काठमाडौं– बाराको बरियारपूरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शनार्थीको सुनको सिक्री चोरी गरेको आरोपमा पर्साका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका—१६ बस्ने शम्भु राय, सन्दीप राय र पर्सा पकहाँमैनपुर गाउँपालिका– ५ का पवन यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।

शनिबार मन्दिरमा आएका एक दर्शनार्थीको सुनको सिक्री चोरी भएको थियो । पछि मेलामा जडान गरिएको सीसीटीभीमा हेर्दा तीनै जनालाई पहिचान गरी पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले जानकारी दिए । उनीहरूमध्ये एक जनालाई आइतबार एक दर्शनार्थीको पाइन्टको खल्तीबाट पैसा झिक्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिए ।

गढीमाई मेला असोज १७ गते घटस्थापनाको दिनदेखि नै विधिवत् रूपमा सुरु भएयता चार दर्शनार्थीको सुनको सिक्री चोरी भएकोमा चारै जना आरोपीलाई पक्राउ गरिएको उनले बताए ।

मेलामा सुरक्षाका लागि २० ठाउँमा सीसीटीभी जडान गरिएका छन् । यस्तै १० वटा थप्ने काम भइरहेको मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष एवम महागढीमाई नगरपालिकाका प्रमुख यादवले जानकारी दिए ।

यसैबीच प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मेला अवधिभर सुरक्षाको यथोचित प्रबन्ध गरिएकाले ढुक्क भएर मेला भर्न दर्शनार्थीहरुलाई आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register