भारतमा बस गहिरो खोँचमा खस्यो, २२ जनाको मृत्यु

काठमाडौं । भारतमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । उत्तराखण्डको अल्मोडामा गढवाल-रामनगर मार्गको साल्ट नजिक दुर्घटना भएको हो । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ । एसडीआरएफ र प्रहरी टोली घटनास्थलमा उद्धारमा जुटेका छन् । ४० यात्रु सवार बस गहिरो खोँचमा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । […]

Nov 4, 2024 - 06:15
 0
भारतमा बस गहिरो खोँचमा खस्यो, २२ जनाको मृत्यु

काठमाडौं । भारतमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।

उत्तराखण्डको अल्मोडामा गढवाल-रामनगर मार्गको साल्ट नजिक दुर्घटना भएको हो ।

मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ । एसडीआरएफ र प्रहरी टोली घटनास्थलमा उद्धारमा जुटेका छन् ।

४० यात्रु सवार बस गहिरो खोँचमा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register