स्पेनको बाढीग्रस्त क्षेत्र पुगेका राजारानीको विरोध

 काठमाडौँ।  स्पेनको भ्यालेन्सियामा आएको भिषण  बाढीबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ । यसैबीच बाढीग्रस्त क्षेत्रको भ्रमणका क्रममा स्पेनका राजा फिलिप र रानी लेटिजियाको जनताले विरोध गरेका छन् । जनताले राजा फिलिपलाई हिलोले हानेका थिए । जनताको विरोधपछि राजा फिलिप र रानी लेटिजियाले आफ्ना सबै भ्रमण स्थगित गरेका छन् ।  स्थानीय सञ्चारमाध्यमका अनुसार भ्यालेन्सियाको भ्रमणपछि राजा […]

Nov 4, 2024 - 07:14
 0
स्पेनको बाढीग्रस्त क्षेत्र पुगेका राजारानीको विरोध

 काठमाडौँ। 

स्पेनको भ्यालेन्सियामा आएको भिषण  बाढीबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ । यसैबीच बाढीग्रस्त क्षेत्रको भ्रमणका क्रममा स्पेनका राजा फिलिप र रानी लेटिजियाको जनताले विरोध गरेका छन् । जनताले राजा फिलिपलाई हिलोले हानेका थिए ।
 
जनताको विरोधपछि राजा फिलिप र रानी लेटिजियाले आफ्ना सबै भ्रमण स्थगित गरेका छन् । 

स्थानीय सञ्चारमाध्यमका अनुसार भ्यालेन्सियाको भ्रमणपछि राजा फिलिप र रानी लेटिजिया पश्चिममा रहेको चिभाको भ्रमण गर्ने कार्यक्रम रहेको थियो । यसअघि भ्यालेन्सियामा भएको प्रदर्शनपछि प्रहरीले चिभाको भ्रमणका क्रममा सडक अवरुद्ध गरेको थियो । 

भ्यालेन्सियामा राजा फिलिपविरुद्ध आम जनताले गरेको विरोधपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई पनि भ्यालेन्सियाको पिपोर्टाबाट सकुशल निकालिएका थिए ।

स्पेनिस च्यानल ला सेक्स्टाका अनुसार नागरिकहरूले प्रधानमन्त्रीलाई ‘विरोध र आक्रमण’ गरेका थिए भने केहीले उनलाई माटो र अन्य वस्तुहरूले हानेका थिए ।
यसैबीच मौसम पूर्वानुमान महाशाखाले सो क्षेत्रमा फेरी ठुलो बर्षा हुने चेतावनी जारी गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register