कांग्रेस र एमालेसँग सहकार्य गर्नु गल्ती भयो : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र खतरामा पर्न खोजेकोले खबरदारी गरेको बताएका छन् । शनिबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले भने, ‘हामीले यो खबरदारी नगर्ने हो भन्ने गणतन्त्र खतरामा पर्छ, संविधान खतरामा पर्छ, यसलाई जोगाउन नै खबरदारी गरेको हो ।’ कांग्रेस र एमालेसँग सरकार […]

Oct 26, 2024 - 10:55
 0
कांग्रेस र एमालेसँग सहकार्य गर्नु गल्ती भयो : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र खतरामा पर्न खोजेकोले खबरदारी गरेको बताएका छन् ।

शनिबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘हामीले यो खबरदारी नगर्ने हो भन्ने गणतन्त्र खतरामा पर्छ, संविधान खतरामा पर्छ, यसलाई जोगाउन नै खबरदारी गरेको हो ।’

कांग्रेस र एमालेसँग सरकार बनाउन सहकार्य गर्नु गल्ती भएको उनले बताए ।

उनले भने, ‘भ्रष्ट, विचौलियाको झुन्डसँग सहकार्य गरेको गल्ती गरेँउ भन्ने परेको छ, हामीहरूले तपाईंहरूसँग समिकरण गरेर गल्ती गरेँउ, तपाईंहरूको रोग अलि अलि हामीलाई पनि सर्यो । हामी गम्भीर आत्मसमीक्षामा छौँ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register